बोधराज पौडेलको कविता सङ्ग्रह बगर र काँसहरु

बोधराज पौडेल नेपाली साहित्यका कविता, गीत, गजल, निबन्ध र समालोचना विद्यामा कलम चलाउने स्रष्टा हुन् । नेपाली विषयमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकाेत्तर गरेका पाैडेल साहित्य लेखनको अलवा पत्रकारितामासमेत संलग्न रहेका छन् । उनका बगर र काँसहरू कविता सङ्ग्रह (२०७५) र सोकेसको ऐना निबन्ध सङ्ग्रह (२०७९) प्रकाशित रहेका छन् । हाल अर्थ विश्लेषण डटकमको सम्पादक रहेका पौडेलले अन्तर्बोध त्रैमासिक साहित्यिक पत्रिकाको सहसम्पादक, जलस्रोत डटकमको सम्पादक, प्रकाश साप्ताहिकको कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् । पौडेलको साहित्य लेखनको सुरुवात २०५३ बाट भएको हो । खोटाङको तत्कालिन बडहरे गाबिसको वडा नं. ३ हात्तिवनमा २०३५ साल असोज १८ मा उनको जन्म भएको हो (हाल यो हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ मा पर्दछ ) । उनका पिताको नाम एकबल्लभ पौडेल र आमाको नाम डम्बर कुमारी पौडेल हो ।

Bagar Ra Kans haru [Poems BOOK] Setting Final 2075=03=01