लुम्बिनी प्रदेशका ५ स्थानीय तहले बजेट ल्याउन सकेनन् ?

म्बिनी प्रदेशमा ५ स्थानीय तहले तोकिएको समयभित्र बजेट ल्याउन असफल भएका छन् । रुपन्देही जिल्लाका २ गाउँपालिका, कपिलवस्तु २ र नवलपरासीको १ गाउँपालिकाले बजेट ल्याएका छैनन् । रुपन्देहीको रोहिणी गाउँपालिमा जनप्रतिनिधिबिच बजेटको विषयमा विवाद हुँदा सरकारले तोकेको समय भित्र बजेट ल्याउन असफल भएको हो । रोहिणी गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले विषयगत समितिमा छलफल नभएको, प्रमुख कार्यकारी अधिकृत पनि नयाँ आएको र वडामा अहिलेसम्म बजेटको सिलिङ नआएको कारणले तोकिएको समयमा बजेट ल्याउन नसकिएको बताए ।

उक्त गाउँपालिका चालु आर्थिक २०८०–०८१मा विवाद कारणले बजेट ल्याउन ढिलाइ गरेको थियो । प्रवक्ता क्षेत्रीले विवादभन्दा पनि तयारी नपुगेकोले ढिलाइ भएको दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रम र बजेट कहिले ल्याउने भन्ने अझै छलफलमै रहेको ठ्याक्कै भन्न नसकिने बताए ।

रुपन्देही रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका पनि बजेट आएको छैन । गाउँपालिकामा वडाध्यक्षले पालिकाको स्रोत भन्दा बढीको सिलिङ बजेट माग गरेकाले ढिलाइ भएको छ । मायादेवीका अध्यक्ष ध्रुवनारायण चौधरीले वडाध्यक्षले बढी सिलिङ मागेकाले ढिलाइ भएको बताए । उनले छलफलमा रहेको छिटै मिलाएर बजेट ल्याउने बताए । यसरी जन प्रतिनिधिबिच विवाद कारणले समयमा बजेट नल्याउने नसक्नेमा लुम्बिनी प्रदेशका नवलपरासीको पाल्लीनन्दन गाउँपालिका, कपिलवस्तु जिल्लाको शुद्धोदन र मायादेवी गाउँपालिका रहेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य स्थानीय तहले बजेट ल्याए पनि सिस्टमका कारण अपलोडमा ढिलाइ भएको जनाएको छ । लुम्बिनी प्रदेश १०९ स्थानीय तह रहेका छन् ।