सरितको एक मुठी घाम सावर्जनिक

काठमाडौं । इन्द्र कुमार श्रेष्ठ सरित् द्वारा लिखित एक मुठी घाम कृति आज काठमाडौंमा लोकापर्ण गरिएको छ । सुमना मिडिया प्रा.लिले आयोजना गरेको कार्यक्रम पुतलीसडकस्थित सहारा रेस्टुरेन्टमा भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा सांसद एवं पूर्व मन्त्री रघुजी पन्तले गर्नु भएको थियो । लोकार्पित कृतिका बारेमा प्रा.डा गोपिन्द्र पौडेल, वरिष्ठ कथाकार नारायण तिवारी, डा.शैलजा पोखरेल, डा. पुस्करराज भट्ट र डा. रमेश शुभेच्छुले बोल्नु भएको थियो ।

वक्ताहरूले कृतिमा भएका लघुकथाले विगत पैँतिस वर्षको राजनीतिक उतार चढावको व्याख्या गरेको बताउनु भएको थियो । लेखक स्वयमले भने मैले राजनीतिलाई होइन राजनीतिले मलाई खोज्दै आएको हुनाले आफुले यो कृति लेखेको बताउनु भएको थियो ।

कार्यक्रममा बोधराज पौडेल, डा छायादत्त नेउपाने,  त्रिभुवनचन्द्र वाग्ले, राजन नेउपाने, वसन्तराज अज्ञात, दीपक लोहनी, अच्युत घिमिरे, श्रीराम राई, संगीता पनेरुलगायतको उपस्थिति रहेको थियो । दील पाैडेलकाे अध्यक्षतामा संचालित कार्यक्रमकाे संचालन प्राज्ञ चेतनाथ धमलाले गर्नु भएको थियो ।

पुस्तक प्रकाशन डाइनामिक बुना इन्क र ब्लाइन्ड कोप्सले गरेको हो भने लोकापर्णको अभिभारा सुभाना मिडिया प्रा.लिले लिएको थियो ।