सुचना चुवावटकाे मारमा सेयर बजार

हिजो बजारले सकारात्मकतर्फ उन्मूख हुने संकेत दिएको थियो । तर हिजो भोलुमको शतप्रतिशत वृद्दिले केहि आशंका उब्जाएको चाहिँ थियो । दुईवटा प्राविधिक सूचकहरुले आज बजार घट्न सक्ने सम्भावना प्रकट त गरेको थियो । तर बाह्य वातावरणलाई दृष्टि गर्दा घट्ने सम्भावना कम थियो । मूलत बजारलाई असर पार्न सक्ने तत्वकोरुपमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा रहेको थियो । हिजोको शतप्रतिशत भोलुम बृद्दि र  शुरुको कारोवार समय मै आएको अधिक भोलुमले कहि कतै ठुला कारोबारीकोमा मौद्रिक समीक्षा भित्रको सूचनाहरु पहिले नै पुगि सकेको थियो भन्ने आशंका गर्न सक्ने स्थान प्रशस्त दिएको छ । मौद्रिक नीतिले स्प्रेड दर घटाएको छ । यसले बैंकलाई बचतमा ब्याज बदाएर रिनको ब्याज यथावत राख्ने वा रिनको ब्याज घटाए बचतको ब्याजदर यथावत राख्ने हो ? यी दुईवटा मध्ये एकवटा छनौट गर्नु पर्ने अबस्थामा बैंक पुगेको छ ।

नेपालको सेयर बजारमा अविछिन्नरुपमा ठूला कारोबारीले भित्रि सूचनामा पहुँच पुर्याई बजारलाई तोडमोरोड गरिरहेका छन । यस्तो अबैध कार्यमा नेपालको नियामक निकायहरु तैँ चुप मैँ चुपको अवस्थामा रहेका छन । सरकारी नियामक निकायहरु र यसका तालुक अड्डाहरुको यसमा मिलेमतो छैन भनेर भन्न सक्ने अवस्था छैन ।

नियमित कारोवारको केहि मिनेटमै उकालो लागेको नेप्से तत् पश्चात समय समयमा माथि उकल्ने प्रयास गर्दै आज नप्सेको न्यून विन्दु  १ हजार  ८ सय ४७।३७ भन्दा केहि माथि १ हजार ९ सय ५०।३७ मा बजार बन्द भयो । नेप्सेको आजको उच्चतम विन्दु १ हजार ९ सय ८०।२६ रहेको छ । तलको चित्र हेर्नुहोस् ।

आजको भोलुम हिजोको तुलनामा करिब २६ प्रतिशत घटेको छ ।आजको कुल भोलुम १ अर्ब ४९ करोड बराबरको रहेको छ । पहिलो एक घण्टामा आजको कुल कारोबारको बाँकी तीनवटा घण्टाको तुलनामा सबभन्दा बढी २८ प्रतिशत कारोबार भएको थियो । पहिलो एक घण्टाको भोलुमले नेप्सेलाई माथि लाने प्रयास गर्यो भने अन्तिम एक घण्टाको भोलुमले बजारलाई तलतिर धकेल्यो । तलको चित्र हेर्नुहोस् ।

Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज जम्मा ३६ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ५१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राविधिज सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) खुम्चन खोजेको छ । हिजो अनुमान गरे अनुरुप आज नेप्सेले ब्यान्डको माथिल्लो रेखामा अबरोध सामना गरी तल झरेको छ । तलको चित्र हेर्नुहोस् ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेआज तेस्रो अबरोधक (resistance, R3) माथि नै बस्न सफल भएको छ र यसमा टेवा लिने प्रयास गरेको देखिन्छ । भोली नेप्से पुन माथी नै बस्न सफल भएमा नेप्सेले अर्को उचाईको यात्रा तय गर्ने सम्भावना प्रबल हुन्छ । तलको चित्र हेर्नुहोस् ।

प्राविधिकरुमा नेप्सेले १ हजार ९ सयको तह पार गरी दुई हजार को तह भेटाउने कोसिसमा रहेको छ । यो साता नेप्सेले दुई हजार तह पार गर्ने लक्षण ल्याएमा चाँडै नै नेप्सेको उकालो यात्रा मजबूत हुँदै जानेछ । भोलि नेप्सेले लिने बाटो महत्वपूर्ण हुनेछ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com