नेप्सेले थाल्याे सर्वसाधारण लगानीकर्ताको परीक्षण

 सेयर बजार, ठूला सेयर कारोबारी खेलाडीको लागी बजार तल जाँदा वा माथि जाँदा दुबै परिस्थिति नाफा कमाउनको लागी अनूकुल हुन्छ । सेयर सम्बन्धी एक चर्चित फिल्म the wolf of wall street को चर्चित डायलग यहाँ सान्दर्भिक हुन्छ । Bulls get paid, Bears get paid but Pigs get slaughtered. अर्थात बजार ओरालो लानेले पनि कमाउँछ बजारलाई उकालो लगाउनेले पनि कमाउँछन् । अन्त्यमा मुर्गा हुने भनेको नादान लगानीकर्ताहरु नै हुन ।

अहिले नेपालको सेयर बजार बियरिस ट्रेन्डमा रहेको छ । यस घट्दो बजारमा आम लगानीकर्ता या त निष्क्रिय छन् या त भएको सेयर घाटामा मिल्काउन मजबूर छन । यस्तै ठूलो संख्यामा आम लगानीकर्ताहरु कहिले बजार बढ्ला र निस्कौला भनेर कुरेर बसेका छन् ।

बजारमा आम लगानीकर्तालाई अत्याउनु र लोभ्याउनु ठूला सेयर कारोबारी खेलाडीको मूल अस्त्र हो । घट्दो बजारमा आम लगानीकर्तालाई अत्यायेर सस्तोमा सेयर मिल्काउन लाउने अनि त्यहि सेयर बजार बढाएर लोभ्याउने र पुन आम लगानीकर्तालाई भिडाउने ठूला सेयर कारोबारी खेलाडीको प्रमुख रणनीतति रहने गर्छ । यस्तो रणनीनि नेपालमा मात्र नभएर संसारभरीका सेयर बजारमा हुने गर्छ । यस्तो रणनीतिबाट आम लगानीकर्ता शिकार हुनबाट कसरी बच्ने बिषय निकै नै चुनौती पूर्ण रहेको छ । ठूला सेयर कारोबारी खेलाडीले नेपालको सेयर बजारमा तय गर्ने यस्ता रणनीति भन्दा डरलाग्दो पक्ष भनेको ठूला सेयर कारोबारी खेलाडीसँग रहेको कम्पनीकाभित्रि सूचनाको पहुँच रहेको छ । भित्रि सूचनाको आधारमा खेलिने गैर कानूनी  खेललाई कहिँ कतैवाट नियन्त्रण छैन । यसले नेपालको सेयर बजार प्राकृतिक लयमा बग्ने गरेको छैन ।

केहि दिन देखि बजार तल जान खोजे पनि भोलुम नहुँदा यो तल जान सकेको छैन । आजको सेयर बजारमा पनि यो झल्किएको छ । बजार तल जांदा भोलुम घटदै जानु र माथी जाँदा भोलुम बददै जानु बजारको लागी राम्रो हो भन्ने मान्यतालाई आजको बजारले आत्मसात गरेको देखिन्छ । साथसाथै अर्को दृष्टिकोणबाट हेर्दा बजार तल लाने प्रयासमा आम लगानीकर्ता आँटिएन र अन्तन बजार माथि जान बाध्य नै भयो भन्न सकिन्छ ।

सुरुको केहि मिनेटमा नै नेप्से उकालो लाग्न खोजेता पनि यो सफल भएन । अन्तत ओरोलो लागेर नियमित कारोबारको पहिलो घण्टा मै आजको न्यूनतम विन्दु १९४१।५८ मा नेप्से पुग्यो । यसपछि उकालो लाग्न संघर्ष गरिनै रहयो, यसैक्रममा अन्तिम घण्टाको पहिलो प्रहरमा नेप्से आजको उच्चतम विन्दु १९६९।०२ सम्म पुग्न सफल भयो । तत् पश्चात केहि ओरालो उकालो गर्दै नेप्सेको १९६१।०६ विन्दुमा बजार बन्द भयो । तलको चित्र हेर्नुहोस् ।

आजको भोलुम हिजोको तुलनामा करिब ५७ प्रतिशतले बढेको छ ।आजको कुल भोलुम १ अर्ब ३२ करोड बराबरको रहेको छ । आज पनि पहिलो एक घण्टाको न्यून भोलुमले बजारलाई थप तल जानबाट रोकेको छ । अन्तिम एक घण्टामा आजको कुल कारोबारको बाँकी तीनवटा घण्टाको तुलनामा सबभन्दा बढी ३५ प्रतिशत कारोबार भएको थियो । अन्तिम एक घण्टाको भोलुमले नेप्सेलाई माथी नै थाम्न सहयोग गर्यो ।तलको चित्र हेर्नुहोस् ।

Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज जम्मा १ सय ७ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) फुक्ने संकेत गरेको छ । साथैनेप्से ब्यान्डको मध्ये रेखा भन्दा माथि नै रहेको छ । नेप्से उकालो लागेमा ब्यान्डको माथिल्लो रेखालाई पछ्याउँदै माथि जाने सम्भावना देखाएको छ । ओरालो लागेमा मध्ये रेखामा पुन टेवा लिन सक्नेछ । तलको चित्र हेर्नुहोस्।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुपडिस्मेबरको लागी नयाँ अबरोधक र आड रेखाहरु बनेका छन । जस अनुरुप २ हजारको तह पहिलो अबरोधक (resistance, R1) को रुपमा रहेको छ । अर्को हप्ता नेप्सेले पहिलो अबरोधक पार गरेमा थप माथिल्लो यात्राको सम्भावना प्रबल हुन्छ । तलको चित्र हेर्नुहोस् ।

करिब तीन महिना अगाडि २ हजारको तहबाट घटेको बजार पुन २ हजार नै माथि उक्लन सकस भईराखेको छ । आज पनि यो प्रयास असफल नै रहयो । नेप्सेलाई थप उचाई तय गर्न अहिले बजारलाई २ हजारको तह पार गर्न जरुरी रहेको छ ।

अहिले ठूलो संख्यामा रहेका साना तथा सर्वसाधारण लगानीकर्ताहरु चनाखो हुनु जरुरी छ । साना तथा सर्वसाधारण लगानीकर्ताहरु नआँटिएको खण्डमा ठूला कारोबारीले बजार धेरै तल लान सक्दैनन भन्ने पुष्टि आज पनि पहिलो घण्टामा भोलुम नबढनाले र नेप्से थप घट्न पाएन ।  खेलाडीले बजार झार्दा आम लगानीकर्ताहरुले थप सस्तो भोलुम दिएर बजार नघटाएको अनुमान गर्न सकिन्छ ।

साना तथा आम लगानीकर्ताहरुले स्मार्ट लगानी तथा प्रतिफल ग्रहण गर्ने रणनीति तय गर्दैकारोबार गरेमा सीमित ठूला कारोबारीको बल बुत्ताले मात्र बजारलाई धेरै तल लान सक्दैन भन्ने पुष्टि आज बजारले पुन गरेको छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।)