एक्लै प्रेम गरिरहने मुटुको आत्मविवरण

कविता

सोचेँ
धड्किन छोडिदिऊँ
सम्झेँ
म त तिम्रो मुटु हुँ

मैले
तिमीलाई गुमाएको सत्य हो
तिमीले
माया गर्ने मुटुलाई,
हिसाब बराबर !

सोचेँ
बोल्न छोडिदिन्छु
सम्झेँ
म त तिम्रो प्रिय आवाज हुँ

मैले
तिमीलाई मिस गर्नेछु
तिमीले
मेरा बदमासीहरूलाई,
न्याय बराबर !!

मानिसहरू भन्छन्
जीवनको अन्त्य मृत्यु हो ।

सोचेँ
सम्झिन छोडिदिन्छु
सम्झेँ
सम्झिन त बिर्सेको हुनुप¥यो नि !!!

मैले बुझेँ
बिछोडपछि पनि
मृत्युपछि पनि
स्मृति बनेर
सम्झनामा बाँचिरहने – त्यो प्रेम हो ।
– भक्तपुर