गजल

घैला भरेर दिल् को माया गरेर आउ
तिम्रै गरें भरोसा जङ्घार् तरेर आउ

लर्केर हेर डाली फुल्दैछ फूलबारी
मीठो बतास चल्दा वास्ना छरेर आउ

चढ्दो उमेर तिम्रो लाली गुराँस जस्तै
हाँसो छरेर ओठ्मा मुस्कान भरेर आउ

गर्मी छ हेर उस्तै बैशाखको छ याम
बस्छौ भने छहारी घुम्ती झरेर आउ

एक्लै बितेछ वर्षाैं माया भनेर हाम्रो
दुख्दैछ चोट त्यस्तै पीडा हरेर आउ ।

छन्द : दिक्पाल
( बहर : मुजारे मुसम्मन अखरब)