गजल

अनगिन्ती सपना बोकी मर्नु छ
भलबाडी नभनी नदी तर्नु छ

तिम्रो माया नपाएको त होइन
परिस्थिति बस अन्यत्र नै सर्नु छ

नयाँ परिवेश कस्तो हुन्छ थाहा छैन
सम्बन्ध पो राम्रो कायम गर्नु छ

दुःख सुख एकआपसमा बाँडौँ
समानताले मायाको भाव भर्नु छ

फूलबारीको माली जस्तै बनेर
सुन्दरताको नयाँ रङ छर्नु छ