फूल कि पत्थर ?

 

फूल फूल जस्तै हुनुपर्छ
अनि पो फूल भन्न मन लाग्छ
फूल पत्थर बनेपछि
कसरी भनौँ म फूललाई
फूल भनेर
फूल सबैको प्यारो हुन्छ
कहिले गलाको माला
कहिले शिरको आशीर्वाद
र मन्दिरमा पुगे
हुन्छ सम्मान
त्यहि भएर त
फूल आखिर फूल भएको
यदि,
फूलमा पत्थर पलाए भने
फूल फूल हुँदैन्
पत्थर भएपछि फूल
फूलको अस्तित्वबाट हराउँछ
यसैले
फूल तिमीलाई फूलनै भएको हेर्न चाहन्छु
कहिले पत्थर भएको
यी आँखाको चक्षुले हेर्न नपरोस् ,
र कहिले
मनको आँगनबाट ओझेर नहोस्