गजल

दिनेश निरौला

सहरको बसाई फरक फरक छ
कसैलाई स्वर्ग कसैलाई नरक छ

घरभित्र चर्पी बाहिर फोहोर रास
तैपनि घरबेटीको जरक मरक छ

हप्तामा एकदिन आउने त्यो पानीमा
खै ! के को गन्धसँगै नालीको हरक छ

एसीमा रमाउने कोही यतै छन् तर
भरियाको निधार पसिनाको तरक छ

‘दिनेश’ले भोगेको शहर यस्तै नै हो
कस्ले भन्छ यही नै यथार्थपरक छ