गीत

वीरेन्द्र राई

मनको मैलो आँसुले नै हर्दम् धुन्थेँ म
ढाँट्या हैन मध्यरातमा सधैं रून्थेँ म

गाली मात्रै गर्नु हुन्थ्यो हजुरकी आमा
मेरै बारे नन्दहरू कुरा काट्थे नाना
घाँस जाउँ या पँधेरी एक्लै हुन्थेँ म
ढाँट्या हैन मध्यरातमा सधैं रून्थेँ म

हजुर ऐले घर आउँदा पैलोपल्ट आज
जिन्दगीको अर्थ भेटेँ दुई मुटुको माझ
हजुर पर्देश हुँदा अनेक कुरा सुन्थेँ म
ढाँट्या हैन मध्यरातमा सधैं रून्थेँ म
                               हिरेम्पाबाट