नइकाे पदक पित्तलकाे खाेस्टाे !

 काठमाडाैं । नरेन्द्रराज र इन्दिरा प्रसाइँको जोडीले यस वर्ष बितरण गर्न लागेकाे पदकाे बिषयलाई लिएर टिकाटिप्पणी सुरु भएकाे छ ।
नइ जोडीले दिन लागेकाे पुरस्कारकाे बारेमा साहित्यकार  हरि अधिकारी  धारण यस्ताे रहेकाे छ । याे पनि “नइ कीर्तिरत्न” नाम गरेका पित्तलका ढ्याकहरू २ सयवटा बाँड्ने भएछ । यी ढ्याकहरूबाट विभूषित हुनेहरूमा धेरैजसो नइलाई चन्दा दिनसक्ने गाँठवालहरू र आफ्नो रचना-सामर्थ्यबाट साहित्यको मूलधारामा स्थापित हुन असमर्थ कवि-लेखकहरू नै छन् ।
यी ढ्याकधारीहरूमा दुई चार जना यस्ता पनि छन् जो अलिअलि लेख्न त जान्दछन् तर पदक र पुरस्कार भनेपछि जसले दिए पनि र जतिसुकै तुच्छ किसिमको भए पनि हात थाप्न तयार भइहाल्छन् । रमाइलो त के पनि छ भने आगामी वैशाख ३० गते नइ ढ्याकको माला लगाउँन अवसर पाउँनेहरूमध्ये केहीले अहिलेदेखि नै त्यो चलाख जोडीको विरुदावली गाउँनुका साथै त्यसप्रति कृतज्ञता ज्ञापन गरेका पोस्टहरू टाँसेर सामाजिक सञ्जालका भित्ताहरूलाई फोहोर बनाउँन थालेका छन् ।
नइले नेपाली भाषा-साहित्यको क्षेत्रमा देखाउँदै आएको यो चटकले पाएको एक प्रकारको मान्यताको आलोकमा हेर्दा नेपाली समाजको समुच्चय बौद्धिक चेतनाको स्तर खस्किएर पिँधमा पुगेको कुरा पूर्णत: सत्यापित हुन्छ । साथै जुन समाजमा लालचीहरूको बाहुल्य हुन्छ त्यहाँ ठगहरूले चाँदी कटाइ गर्दछन् भन्ने सद्वचन पनि व्यवहारमा उत्रिएको देख्न पाइएको छ भन्दा अत्युक्ति हुँदैन । आज रमिता छ! ढ्याकरूपी पदकको विशाल डङ्गुर छ तर दिनेले किन दिन खोजेको हो? लिनेले किन लिन चाहेको हो? त्यो ढ्याक पाएर के हुन्छ? र नपाउँनेले के गुमाउँछ? भन्ने जस्ता प्रश्नहरू भने अनुत्तरित नै छन्! यी प्रश्नको उत्तर कसैले पनि नखोजेको हुनाले यी अनुत्तरित नै रहनु स्वाभाविक हो ।
 ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित हुनेहरु १. अणुराज जोशी २. अप्सरा दाहाल (भारत) ३. अप्सरा पुडासैनी ४. अमरकुमार प्रधान ५. डा.अम्बिका अर्याल ६. अशेष मल्ल ७. आयुष्मान शाक्य सम्मान ८. आरपी गाउँले ९. इन्दिरा दीक्षित १०. ईशा शाह ११. ईश्वरी गौतम १२. उत्तम भेटुवाल १३. उदय निरौला १४. उपेन्द्र सुवेदी १५. उमा कार्की (अस्ट्रेलिया) १६. प्रा.डा.उषा ठाकुर १७. प्रा.डा.ऋषिराम शर्मा १८. ओमकुमारी बन्जारा रानाभाट १९. ओमप्रकाश अधिकारी २०. कन्चन पुडासैनी २१. कमल रिजाल २२. कल्पना आङबुहाङ (बेलायत) २३. कल्पना खरेल २४. कालीप्रसाद रिजाल २५. किरण आचार्य २६. कुसुम गौतम (म्यानमार) २७. डा.कुसुमाकर शर्मा गौतम (क्यानडा) २८. कृष्ण बजगाईं (बेलायत) २९. केदार शाक्य ३०. प्रा.केशव सुवेदी ३१. कोमल मल्ल (बेलायत) ३२. खगेन्द्र गिरी कोपिला ३३. खगेन्द्रराज सिटौला ३४. गङ्गा कर्माचार्य पौडेल ३५. गङ्गा लिगल ३६. गायत्री चापागाई ३७. गायत्री श्रेष्ठ ३८. प्रा.डा.गार्गी शर्मा ३९. गिरिराज आचार्य ४०. गीता आचार्य ४१. गीता खत्री (अमेरिका) ४२. गीता निरौला भण्डारी ४३. गेहेन्द्रमान अमात्य ४४. गोपाल झा ४५. गोपाल पराजुली ४६. गोपालप्रसाद थपलिया ४७. गोपीकृष्ण प्रसाई ४८. गोविन्द गिरी प्रेरणा (अमेरिका) ४९. गोविन्दराज विनोदी ५०. चित्रा पौड्याल ५१. छविरमण सिलवाल ५२. छवि वैरागी घिमिरे ५३. डा.जगमान गुरुङ ५४. डा.जयन्ती रूपाखेती पौडेल ५५. जाकिर हुसैन जैकी मोजाहु ५६. जेबी खत्री ५७. ज्ञानु अधिकारी ५८. टङ्कबहादुर आलेमगर ५९. टेकनारायण रिमाल कौशिक (म्यानमार) ६०. ठाकुर शर्मा भण्डारी ६१. प्रा.डा.डिल्लीराज शर्मा ६२. डीआर राई ६३. तारानाथ दाहाल ६४. ताराप्रसाद चापागाईं (युएई) ६५. डा.तुलसी भट्टराई ६६. त्रिभुवनचन्द्र वाग्ले ६७. दीनानाथ शर्मा ६८. दीपेन्द्र केसी (बेल्जियम) ६९. दीप्स शाह ७०. दुर्गा पौड्याल ७१. दुर्गा वनवासी ७२. देवराज कार्की मिलन ७३. डा.देवीप्रसाद सुवेदी ७४. धनकुटे कान्छा ७५. धनराज गिरी ७६. नगेन्द्र न्यौपाने (अमेरिका) ७७. नवराज पहाडी ७८. नारा जोशी ७९. निर्मला कोइराला ८०. पवन आलोक ८१. पार्वती शर्मा ८२. पिङ्की गुरुङ ८३. पिमला न्यौपाने ८४. प्रा.पुरुषोत्तम दाहाल ८५. प्रभा बराल ८६. प्रमोद प्रधान ८७. प्रमोद सारङ्ग (द.कोरिया) ८८. प्रीति आत्रेय ज्ञवाली (कम्बोडिया) ८९. प्रा.डा.प्रेम खत्री ९०. प्रेमप्रकाश फलाहारी ९१. प्रेममान डङ्गोल ९२. प्रेमविनोद नन्दन ९३. डा.बमबहादुर थापा जिताली ९४. बालिका गिरी ९५. बिन्दु अधिकारी ढकाल ९६. भगवती बस्नेत ९७. भद्रकुमारी घले ९८. भरत जङ्गम ९९. भवानी खतिवडा १००. नेपाली साहित्य नारी रत्न भागीरथी श्रेष्ठ १०१. भानुप्रकाश जोशी १०२. मञ्जुश्री गिरी १०३. नाट्यभूषण मदनदास श्रेष्ठ १०४. मधुसूदनप्रसाद घिमिरे १०५. मन गहिरे १०६. मनिराज जोशी १०७. प्रा.डा.महादेव अवस्थी १०८. महेश सुवेदी १०९. डा.महेश्वर शर्मा ११०. माधव वियोगी १११. मायादेवी शर्मा ११२. प्रा.मुकुन्दशरण उपाध्याय ११३. मुकुन्द शर्मा चालिसे ११४. मुना श्रेष्ठ ११५. डा.मोदनाथ प्रश्रित ११६. मोहन आचार्य जलद (बेलायत) ११७. मोहन दुवाल ११८. प्रा.डा.मोहन लोहनी ११९. मोहनराज खनाल (म्यानमार) १२०. प्रा.मोहन सिटौला (अमेरिका) १२१. यमुना प्रधानाङ्ग मुना १२२. यशोदा अधिकारी १२३. यादव भट्टराई १२४. युवराज घिमिरे १२५. युवराज नयाँघरे १२६. रम्भा पौडेल १२७. रश्मि मैनाली (अमेरिका) १२८. रश्मि रिमाल १२९. डा.राजकिशोर सिंह १३०. ई.डा.राजेन्द्र पौडेल १३१. राधिका दाहाल १३२. प्रा.रामकुमार पाँडे १३३. रामनारायण देव १३४. प्रा.डा.रामप्रसाद उप्रेती १३५. डा.रामप्रसाद दाहाल १३६. डा.रामभक्त ठाकुर १३७. रुकु कार्की १३८. रूपा न्यौपाने १३९. रूपा रिसाल चालिसे १४०. रेशु गौतमाचार्य १४१. प्रा.डा.लक्ष्मणप्रसाद गौतम १४२. लक्ष्मी अप्सरा पाण्डे १४३. ललिता दोषी १४४. लवप्रसाद भण्डारी १४५. डा.लेखप्रसाद निरौला १४६. वासुदेव अधिकारी १४७. महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी १४८. विजयरत्न तुलाधर १४९. विजय हितान (बेलायत) १५०. प्रा.डा.विजया पन्त १५१. विनोद खनाल १५२. विमल गिरी (बेल्जियम) १५३. विश्वासदीप तिगेला (बेलायत) १५४. विष्णुमाया विभु (नर्वे) १५५. प्रा.डा.वीणा पौड्याल १५६. डा.वीणा हाङ्गखिम (भारत) १५७. वैरागी काइँला १५८. शर्मिला खड्का दाहाल १५९. शशिकला मानन्धर १६०. शान्ति अधिकारी १६१. शान्तिकुमारी राई १६२. शान्ति शर्मा १६३. डा.शालिकराम पौड्याल १६४. शिला पन्त १६५. प्रा.शिवगोपाल रिसाल १६६. शेषमणि आचार्य १६७. डा.शैलेन्दुप्रकाश नेपाल १६८. शोभा काफ्ले खतिवडा १६९. शताब्दी पुरुष सत्यमाेहन जाेशी (मरणोपरान्त) १७०. सन्तु श्रेष्ठ १७१. समिना खनाल पृथा १७२. सम्झना काफ्ले (अमेरिका) १७३. सरस्वती श्रेष्ठ सरु १७४. सरिता पराजुली १७५. सविता श्रेष्ठ बेहासी १७६. डा.साधना प्रतीक्षा १७७. सामु उप्रेती (अस्ट्रेलिया) १७८. प्रा.डा.सावित्री कक्षपती १७९. प्रा.डा.सावित्री श्रेष्ठ १८०. सिन्धु गौतम १८१. सिर्जना शर्मा १८२. सीता विष्ट कार्की