इन्भेष्टमेन्टसँग मर्जर प्रक्रियामा रहेको मेगा बैंकको खुद नाफा २ अर्ब ८३ करोड

आर्थिक वर्ष ७८/७९ मा मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा बैंकले २ अर्ब ३२ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ८३ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २.०४ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रहेको छ ।

बैंकको निक्षेप १२.१२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ७.५९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.२३ प्रतिशतबाट घटेर ०.७४ प्रतिशत कायम भएको छ । १६ अर्ब १२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ६ अर्ब ८५ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रति शेयत नेट वर्थ १४२ रुपैयाँ ५२ पैसा रहेको छ । हाल मेगा बैंक र इन्भेष्टमेन्ट बैंक मर्जर प्रक्रियामा रहेका छन् ।