‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८०’ सम्पन्न

साँघुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली, देवानगन्ज गाउँपालिका सुनसरीका अध्यक्ष बेचन मेहत्ता र हतुवागढी गाउँपालिका भोजपुरका उपाध्यक्ष सुनिता किराती सरिक हुनुभएको थियोे ।यसको सहजीकरण नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिँजालीले गर्नुभएको थियो। यस पश्चात् ‘मातृभाषा कविता साँझ’को आयोजना गरिएको थियो । उक्त ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८०’मा छनौट भएका ४४ वटा भाषाका ४४ वटा कविता प्रस्तुत गरिएको थियो ।

यसैगरी अजितकुमार धिमालद्वारा धिमालमा रचित ‘पुर्ना देरा’ ,अम्बिका अधिकारीद्वारा नेपालीमा रचित ‘सुधार हुन् सबै कुरा’,अरुणप्रसाद चौधरीद्वारा रचित (पूर्व) थारुमा ‘दिया बारैत एक नारी’,असोता नाछिरिङद्वारा रचित नाछिरिङ्मा ‘काङ किरात नाछिरिङ’,ऋतिक यादवद्वारा भोजपुरीमा रचित ‘मधेसी सहिदके पुकार’,कमल सुच्चा राईद्वारा बान्तवामा रचित ‘मिचिबुङ’, ,कमलादेवी दुराद्वारा दुरामा रचित माइखुलोपा खड्गबहादुर सुनुवार (रोमन)द्वारा रचित सुनुवारमा’देल’, चन्द्रमणि नेपालद्वारा संस्कृतमा रचित इदीयं गृहम्,चोमु शेर्पा खुसीद्वारा शेर्पामा रचित पोकि मिजि ,छम गुरुङद्वारा तमूक्हयेमा रचित ‘नेपाल चेने होबो’,जङ्गबहादुर राईद्वारा दुङ्मालीमा रचित ‘टेन चोप्सा’, जेम्स ल्होमीद्वारा ल्होमीमा रचित ‘पेम्ब ज्यम्सी मेम्ब ढाङसी गो’,ज्ञानदीप चाम्लिङ राईद्वारा चाम्लिङमा रचित ‘यावानानी रचना वाचन गरिएकाे थियाे ।

त्यसैगरी  टङ्कबहादुर आलेमगरद्वारा मगर ढुटमा रचित ‘मगरढुटो रिल्हीङ–भोया’ ,टेकबहादुर जिरेलद्वारा जिरेलमा रचित ‘पुर्खे कथा थरिड बात जिरेल’,तुल्सीकृष्ण प्रजापतिद्वारा नेपालभाषामा रचित ‘वर्तमान’,दिवस राई लोहोरुङद्वारा लोहोरुङमा ‘सुनाली लेन्ठक हेम्मा’,देव तोनिमीद्वारा बाहिङमा रचित ‘खापी के आ रिदी गु बङा’, ध्रुवकुमार मण्डल अमातद्वारा रचित मैथिलीमा ‘कोना न करतै भ्रष्टाचार’,नरेन्द्र राई (नरेन्द्र कश्चित)द्वारा रचित छिलिङमा फुडालोक याङमेनछि,नीतिश केवरतद्वारा केवरतमा रचित ‘घेरेर बर्को बेटा’,पदम रानाद्वारा राना थारुमा रचित ‘हरबहिया’,प्रवीण याम्फूद्वारा याम्फूमा रचित स्वामाची, बाली छत्थरे (बागदल खजुम लिम्बू)द्वारा रचित लिम्बूमा ‘मिक्किसो’,भुवनेश्वर महतो कोइरीद्वारा मगहीमा रचित ‘तस्वीर हे मगही’,मीना पन्तद्वारा डोट्यालीमा रचित ‘मेरी जनमथली’,रञ्जितकुमार राजवंशीद्वारा राजवंशीमा रचित ‘हालुवार गान’,रविलाल ताजपुरियाद्वारा ताजपुरियामा रचित निशा,राकेश बि.एम.चिन्तनद्वारा मगरमा रचित नाङ्खार मगर,राम योन्जन गाउँलेद्वारा तामाङमा रचित ‘ङाला म्हेमे’, रामकुमार पासवानद्वारा अवधिमा रचित ‘हम मजदुर वाचन गरियाे ।

त्यस्तै   रेनुका कुमालद्वारामा कुमालमा रचित ‘सुकृति’, विशाल बिहानीद्वारा अछामीमा रचित ‘कै खि थाहा छ र ?’,विष्णु घर्ती ‘भनभनेली’द्वारा भुजेलमा रचित ‘मान्छे ल्हुङ’,शिवचन्द्रप्रसाद शाहद्वारा बज्जिकामा रचित ‘नेपाल–अङ्ग्रेजके ऐतिहासिक युद्धभूमि लडैया समनपुर’, सन्जाकुमारी दनुवारद्वारा दनुवारमा रचित ‘ऊ बत्ती’,सन्तोषीकुमारी चौधरीद्वारा थारुमा रचित ‘धिरगर बहलमान’,सम्पतलाल उराँवद्वारा उराँवमा रचित ‘एग्हय अयंग भाखा’, सुबोध राईद्वारा थुलुङमा रचित’नेममिहे थिडण’,सोमा याक्खाद्वारा रचित ‘का कमाङ् लेङमा प्याङ्’,सोहराई राय परबद्वारा सन्थालमा रचित ‘सनामुनी हाँरदा’ ,स्मृति अधिकारीद्वारा खसमा रचित ‘सुइना’ र हाजी गुलाम मुस्तफा नुरीद्वारा उर्दुमा रचित ‘मोबाइल’ लगायतका मातृभाषाका कविता प्रस्तुत गरिएको थियोे । यस राष्ट्रिय मातृभाषा कविता महोत्सवमा सरिक भएका कविहरूलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले कदरपत्र प्रदान गर्नु भएको थियो ।

साथै महोत्सवको समापनपश्चात् सिरिजङ्गाको सालिकमा साँझ दिपावली गरिएको थियो ।यस दिपावलीमा कुलपति राई ,सदस्य सचिव डा.धनप्रसाद सुवेदी ,धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्र बेघा र प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू डा.मधुसूदन गिरी,डा.कृष्णराज अधिकारी र राजन मुकारुङ, प्राज्ञसभा सदस्यहरू प्रा.डा.खेमराज खनाल, चेतनाथ धमला,डा.बालाकृष्ण अधिकारी ,सुमित्रा बाङ्देल राई चेली,मुनाराज सेर्मा ,ईश्वर बुढाथोकी ,डा.विष्णुकुमार सिँजाली ,दिलेन्द्र सुब्बा र रामहरि श्रेष्ठलगायतका उक्त महोत्सवमा सरिक रहनुभएको थियो।