साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

साहित्य सुधा नेपालले आफ्नो पाँचौँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौंको ग्रीन फिल रेष्टुरेण्ट पुतली सडकको सभा कक्षमा कार्यक्रम संचालन गरिएको थियो ।

साहित्य सुधा नेपालको परिकल्पना कवि मनीषा प्रसाईले गरेकी थिइन् भने संस्थापक अध्यक्ष कल्पना काफ्ले रहेकी थिइन् । कार्यक्रमको प्रमुख अध्यक्षमा प्रा.डा बिष्णुविभु घिमिरे हुनुहुन्थ्यो । संरक्षकद्वय–प्रा.डा रामप्रसाद ज्ञवाली, प्रा.डा देवी नेपाल, पुरस्कार संस्थापक अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल, सम्मानित/पुरस्कृत व्यक्तित्व महाकाव्यकार सीता भट्टराई, सशक्त पद्य कवि प्रह्लाद पोख्रेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोनेले विशेष आथित्यता ग्रहण गर्नु भएको थियो । गत साल सम्मानित महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, सल्लाहकार तथा मुक्तककार रमेश पौडेल, लिलाध्वज थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापा, मुक्तककार सुनिल अधिकारी, प्रा.डा गोविन्दमानसिं कार्की, सिस्नोपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, डा.वासुदेव काफ्लेको विशिष्ठ आतिथ्यमा दीपोज्वलन र राष्ट्रिय गानबाट कार्यक्रम सुरु भयो ।

सम्मानित व्यक्तित्वको विशद् परिचय प्रा.डा देवी नेपालबाट भए लगत्तै सभापति, पुरस्कार संस्थापक, प्रमुख अतिथिबाट सम्मानित पुरस्कृत गरियो । सम्मानित व्यक्तित्व सीता भट्टराईले प्राप्त गरेको पुरस्कार राशि १५,००० हजारमा १०,००० हजार थप गरी संस्थालाई पुरस्कार स्वरुप समपर्ण गरिन् ।

मञ्चमा आसिन सबैबाट आआफ्ना मन्तव्य व्यक्त भएपछि रचना वाचन सुरु भयो । वाचकहरू–लक्ष्मण गाम्नागे, दुर्गाप्रसाद सिग्देल, कृष्णप्रसाद प्रसाई, डिल्लीप्रसाल मुलतिउन्, बोधराज पौडेल, जानुका गुरागाई‌, पवित्रा दाहाल, बिष्णुप्रसाद आचार्य, श्रीराम राई, पूजन मिश्र रहे भने वाचकलाई आआफ्ना फोटासमेतका कप उपहार प्रदान अध्यक्षमार्फत गरियो ।

साधारण सभाले अध्यक्षमा कल्पना काफ्ले,   उपाध्क्षमा गणेश घिमिरे मार्मिक,  सचिवमा कृष्णदेव रिमाल, कोषाध्यक्षमा इन्दिरा दाहाल निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा जानुका गुरागाई र डिल्लीप्रसाद मुल्तिउन निर्वाचित भए । कार्यक्रम दिनको १ बजे सुरु भई हुँदा ४.३० बजे समापन गरिएकोे थियो । उद्घोषक कृष्णदेव रिमालले गरे भने कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्षता कल्पना काफ्ले गरेकी थिइन् ।