आर्थिक कार्यविधि अध्यादेश जारी
बजेट तालिका फेरिने
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था छ ।
अध्यादेशमा जेठ १५ मै बजेट आउने गरि बजेटको कार्यतालिका फेर्ने, फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने, आर्थिक सर्वेक्षण पेश हुने मिति परिवर्तन गर्ने लगायतका व्यवस्था गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया