छानबिन समितिले भन्यो, ‘बजेट बनाउँदा जनार्दन शर्माले बाहिरी मान्छे लगेको देखिएन’

संसदीय विशेष छानिबन समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनाधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पेश गरेको प्रतिवेदनमा कर दर निर्धारणमा अनमधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन’ समितिले प्रतिवेदनमा भनेको छ, ‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ।’