‘माया हो’ सार्वजनिक

गायक समीर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै सङ्गीत र राम अविरल विष्टको शब्द रहेको छ । सुरेन्द्र मल्ल ठकुरी (एसएम) को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बू फिचर्ड हुनुहुन्छ । पूर्वी धनकुटामा छायाङ्कन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायाङ्कन छ ।

नेपमेलोले निर्माण गरेको भिडियो उत्कृष्ट बनेको छ । यस गीतले समाजको पूर्वी नेपालको लिम्बू संस्कृतिको वास्तविकता बोल्छ । फरक शैलीको नयाँ गीत दर्शक माझ दिन चाहने नेपमेलोले यस पटक पनि यो भिडियोमा एउटा फरक कथा बुनेको छ । कहिले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्ने गरेको छ । आचार्यले भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।