माछापुच्छ्रेले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको संचालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांशमध्ये बैंकले १३.३० प्रतिशत बोनस सेयर वितरण गर्ने छ भने चुक्ता पुँजीको ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुलाई वितरण गरिने छ। हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड छ।
बैंकले यसअघि आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्ताहरुलाई १४ प्रतिशत लाभांश बाँडेको थियो । आव २०७८/७९ को नाफाबाट भने बैंकले लगानीकर्तालाई प्रतिफल वितरण गरेको थिएन।
फेसबुकबाट तपाईको प्रतिक्रिया