सुन प्रकरणमा चीन जान लागेका दुई चिनियाँ नागरिक विमानस्थलबाट समातिए

काठमाडौं। साउन ३ गते बरामद भएको सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले चिनियाँ नागरिक लुई फयान र लि जिएलिनलाई नियन्त्रणमा लिएको व्यूरोका एक अधिकारीले जानकारी दिए। राजस्व अनुसन्धान विभागले केही दिनअघि पक्राउ परेका दावा छिरिङसँग उनीहरुको कनेक्सन देखिएपछि पक्राउ गरिएको हो। यस प्रकरणमा अहिलेसम्म तीन जना चिनियाँ समातिएका छन्।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट नियन्त्रणमा लिएको हो। चीन जान लागेका उनीहरुलाई अध्यागमनको सहयोगमा पक्राउ गरिएको हो। अहिलेसम्म सुन प्रकरणमा २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जसमा भन्सार एजेन्ट रुक्मिना सुब्बा भने जिम्मा जमानीमा रिहा भएकी छिन् ।

साउन ३ गते राजस्वको टोलीले भन्सार जाँच पास गरेर बाहिरिएको करिब एक अर्बको सुन बरामद गरेको थियो। गत आइतबारबाट व्युरोले सुनको अनुसन्धान गरिरहेको छ।