थोरै बढ्यो डलरको भाउ
काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ थोरै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १३१.०६ रुपैयाँ र बिक्रीदर १३१.६६ रुपैयाँ कायम गरिएको छ।
बुधबार एक डलरको खरिददर १३०.९६ रुपैयाँ र बिक्रीदर १३१.५६ रुपैयाँ कायम थियो।
त्यस्तै, एक युरोपियन युरोको खरिददर बिहीबार १४७.१० रुपैयाँ र बिक्रीदर १४७.७८ रुपैयाँ तय गरिएको छ।
एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९.४९ रुपैयाँ र बिक्रीदर १७०.२७ रुपैयाँ छ।
यस्तै, एक स्वीस फ्रान्कको खरिददर १५२.७३ रुपैयाँ र बिक्रीदर १५३.४३ रुपैयाँ तोकिएको छ।
बिहीबार एक अष्ट्रेलियन डलरको खरिदर ८८.६६ रुपैयाँ र बिक्रीदर ८९.०७ छ।
त्यसैगरी, राष्ट्र बैंकले एक क्यानेडियन डलर खरिद गर्दा ९९.४६ रुपैयाँ दिनेछ भने बिक्री गर्दा ९९.९१ रुपैयाँले लिनेछ।
यसैगरी, एक सिंगापुर डलरको खरिददर ९८.८३ रुपैयाँ छ भने बिक्रीदर ९९.२८ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, १० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ तोकिएको छ। यता, राष्ट्र बैंकले बिहीबार १ चाइनिज युआनको खरिददर १८.१५ रुपैयाँ र बिक्रीदर १८.२४ रुपैयाँ कायम गरेको छ।
त्यसैगरी, १ साउदी अरेबियन रियालको खरिददर ३४.९४ रुपैयाँ र बिक्रीदर ३५.१० रुपैयाँ छ।
यस्तै, एक कतारी रियालको खरिददर ३५.९७ रुपैयाँ र बिक्रीदर ३६.१४ रुपैयाँ तोकिएको छ।
एक यूएई दिरामको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ छ।
यस्तै, एक मलेसियन रिंगिटको खरिददर बिहीबार २८.८५ रुपैयाँ र बिक्रीदर २८.९८ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, राष्ट्र बैंकले १०० कोरियन ओनको खरिददर १०.३६ रुपैयाँ र बिक्रीदर १०.४० रुपैयाँ तोकेको छ।
त्यस्तै, एक कुवेती दिनारको खरिददर ४२७.४१ रुपैयाँ र बिक्रीदर ४२९.३६ रुपैयाँ छ भने एक बहराइन दिनारको खरिददर ३४७.६८ रुपैयाँ र बिक्रीदर ३४९.२७ कायम गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया