मन्त्री र सांसद नै विराेधमा उत्रेपछि संकटमा बजेट

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुको गम्भीर असहमतिका कारण दसदलीय सरकार आगामी आर्थिक बर्ष २०८०/२०८१ को बजेट संशोधन गर्ने मुडमा देखिएको छ । सत्ता गठबन्धनमा दलका सांसदमात्र होइन, सरकारमा रहेका मन्त्रीले नै बजेट संशोधन गर्न सकिने बताएका छन् । सरकारले ल्याएको बजेट नै असफल हुने भएपछि त्यो सरकारको नैतिकता र निरन्तरतामा गम्भीर प्रश्न उठेको हाे । प्रधानमन्त्री प्रचण्डले नै असहमति राखेको बजेट कसरी सदनमा आयो भन्ने कुरा पनि गम्भीर भएको छ ।

२०८० असार ६ गते बुधवार सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले समेत पनि बजेट संशोधन गर्न गरिने बताईसकेकी छिन् । संसदमा सत्ता गठबन्धनका सांसदले रोष्टमबाटै बजेटको पक्षमा मतदान नगर्ने घोषणा गरेका छन् । एकीकृत समाजवादी र जसपाले सुरुमा बजेटको विरोध गरेका थिए, पछि माओवादीका सांसदहरुले पनि विरोध गर्न थालेका थिए । त्यसैले, बजेट संशोधन हुने स्थितिमा पुगेको छ । बजेट संशोधन हुने भएपछि मुख्य कुरा सररकार र अर्थमन्त्री डा. प्रकाशशरण महतको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।

सरकारले ल्याएको बजेट नै असफल हुने भएपछि त्यो सरकारको नैतिकता र निरन्तरतामा गम्भीर प्रश्न उठेको हाे । प्रधानमन्त्री प्रचण्डले नै असहमति राखेको बजेट कसरी सदनमा आयो भन्ने कुरा पनि गम्भीर भएको छ । त्यसैले, सरकारसँग अर्थमन्त्री प्रकाशशरण महतको चाहिँ सबैभन्दा धेरै नैतिकताको प्रश्न उठेको छ । हुनलाई विगतमा पनि बजेटमा केही संशोधन भएका छन् । तर, यो स्तरको विवाद र लफडा सत्ता गठबन्धनभित्रै भइरहेको थिएन।

सत्ता गठबन्धनमा रहेका दलहरुले यसरी प्रश्न उठाएपछि अर्थमन्त्री महतको नैतिकतामा  गम्भीर प्रश्न उठेको हाे । महतको पछाडि कांग्रेस नेतृ आरजु राणा र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेका छन् । उनीहरुको गुटबाट अर्थमन्त्री भएका महतले विगत दुई बर्षदेखि अर्थ मन्त्रालयमा सिण्डिकेट र आर्थिक अराजकता फैलाएको आरोप छ । यसअघिका अर्थमन्त्री शर्माले पनि महत र राणाको सल्लाहमा काम गर्ने गरेको चर्चा थियो ।

ठूलो व्यापारी त्यो पनि निश्चित समूहलाई हाता लिएर उनीहरुले स्वार्थकेन्द्रित काम गर्ने गरेको आरोप लागिरहेको छ । त्यही आरोपका बिच बजेटमा यसरी गम्भीर प्रश्न उठेपछि अर्थ मन्त्री महतले नैतिकता कारण राजीनामा गर्नुपर्ने माग गर्ने  भएका छन् ।