विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध कुशलको अर्धशतक
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् । भुर्तेल टेष्ट राष्ट्र विरुद्ध पहिलो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बनेका छन् ।
हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका हानेका छन् । २० औं ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिंगल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको छैटौं अर्धशतक हो । व्यक्तिगत एक रन बनाउँदा चौथो ओभरमै जिवनदान पाएका कुशलले त्यसपछि आक्रमक ब्याटिङ गरे । जिम्बाव्वेका सिकन्दरा राजाले भुर्तेललाई फस्ट स्लिपमा ड्रप गरेका थिए । उनको अर्धशतक मद्दमा नेपालले २० ओभरको खेल सकिँदा बिना क्षति ८४ रन बनाएको छ । अर्का ओपनर आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।
नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया