कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ ।
मंगलबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो ।
दलको बैठकपछि कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले गठबन्धनको ठूलो दलका हैसियतले सरकारको नेतृत्वमा दाबी रहेको बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार निर्माणमा पहल गर्ने भन्दै उहाँले गठबन्धनमा रहेका दलसँग छलफल गरिने बताउनुभयो ।
उहाँले माओवादी केन्द्र र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार निर्माण बाटो खुलेको बताउनुभयो । तर, सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कार्कीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया