ओली र अर्थमन्त्रीबीच कुराकानी, अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिने
बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध जनाउने भएपछि संसद् बैठक सरेको थियो।
अध्यक्ष ओली र अर्थमन्त्री महतबीच कुराकानी भएपछि सदन सञ्चालन हुने दिशामा अघि बढेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनले सुरूमा एमालेले बोल्ने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको बताए।
प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।
भन्सार विभागका पूर्वकर्मचारी श्रेष्ठले भने आफूले वर्षौंदेखि बजेट निर्माणमा बेला टाइपको काम गर्दै आएको बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया