श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उठेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्किएको छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको एक्कासि आकाशमै ढोका खुलेपछि काठमाडौं विमानस्थलमै अवतरण गरेको हो ।

विमान उडेको केही समयपछि एयर प्रेसर फेलियर भएको थियो । विमान भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको बताइएको छ ।

विमानमा ७० जना भन्दा बढी यात्रु रहेका थिए ।