२२ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क
काठमाडौं । सरकारलाई आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले २२ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
आगामी आइतबार जेठ १४ गते बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैकले शुक्रबार एक सर्कुलरमार्फत जानकारी गराएको हो । राष्ट्र बैङ्कले बिक्री गर्न लागेको ट्रेजरी बिल २८ दिने अवधिदेखि ३६४ दिने अवधिसम्मको रहेको छ ।
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैकले बिक्री गर्न लागेको ट्रेजरी बिलको अल्पकालीन ब्याज ७.२१ प्रतिशत बराबर रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया