नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया रोक्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
नयाँ स्टक एक्सेचञ्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेपछि तत्कालका लागि उक्त प्रक्रिया रोक्ने निर्णय बैठकले गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया