विदेशबाट फर्किदा अब २ वटा मोबाइल ल्याउन पाइने
सरकारले विदेशबाट फर्किने नेपालीले बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले ‘झिटीगुण्टा नियमावली’ संशोधन गर्दै बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार यसअघि आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था रहेकोमा अब थप अर्कोसहित बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरिएको हो ।
एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्थाको विरोध हुँदै आएको थियो । यो प्रावधानका कारण वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरुको साथबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयले धेरे मोबाइल खोस्ने गरेको थियो ।
मन्त्री शर्माले मन्त्रिपरिषदको निर्णय अनुसार अब सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी यो व्यवस्था लागू गर्ने बताएकी छिन् ।
मन्त्रिपरिषद बैठकले एमडीएमएस प्रणाली पनि लागू गर्ने निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया