बजेट प्राथमिकतामा तीन राजमार्ग

काठमाडौँ–तराई द्रुतमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण कोरिडोर निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ । सबै स्थानीय तहका केन्द्रलाई सडक सञ्जालमा जोड्ने पनि सरकारको प्राथमिकतामा उल्लेख छ । जलविद्युत्को उत्पादन तथा विस्तार पनि सरकारको प्राथमिकतामा रहेको वक्तव्यमा जनाइएको छ ।

सूचना प्रविधि तथा पर्यटन व्यवसायलाई आय, रोजगारी र विदेशी मुद्रा आर्जनको क्षेत्रमा जोड्ने पनि सरकारको प्राथमिकतामा उल्लेख गरिएको छ । कोभिडपछिको पर्यटन क्षेत्रलाई पुनः उत्थानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने पनि सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

आर्थिक तथा सामाजिक विकासका लागि महिला उद्यमशीलता र रोजगार प्रवद्र्धनलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । लैङ्गिक विभेद र महिला हिंसाका घटनालाई न्यूनीकरण कार्यक्रमलाई  विस्तार गर्ने सरकारको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

संसद्मा मन्त्री महतले राष्ट्रिय गौरवका आयोजनालाई बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि जनाउनुभएको छ । साथै वित्तीय अनुशासनलाई पनि ध्यान दिइने बताउनुभएको छ । बजेट कार्यान्वयन र अनुगमन प्रणालीलाई चुस्त बनाउने प्रतिबद्धता पनि मन्त्री महतको छ ।