एघारौँ मानव पुस्तक कार्यक्रम सम्पन्न

काठमाडाैं । नव पुस्तकालय सुकेधारामा नव पुस्तकालय तथा जेष्ठ नागरिक समाज र मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो शनिबार हुने यस कार्यक्रममा मानव पुस्तकद्वय-प्रोफेसर डा.शास्त्रदत्त पन्त र प्रा.डा खेम कोइराला बन्धु  प्रमुख अतिथिकाे रुपमा रहेका थिए।
नव पुस्तकका संस्थापक अध्यक्ष साहित्यकार बिष्णु पन्तको सभापतित्व, प्रोफेसर डा.शास्त्रदत्त पन्तको प्रमुख आमन्त्रित आतिथ्य, प्रा.डा.खेम कोइराला बन्धुको विशिष्ट आमन्त्रित आतिथ्य, अध्यात्म चिन्तक,कवि तथा विगत मानव पुस्तक हरिभक्त सिग्देल, डा.परशुराम पौडेल र प्रा.डा.केशव श्रेष्ठको आतिथ्यमा पहिलो पटक प्रमुख अतिथिका बाह्यान्तरिक राष्ट्रिय चिरफारका मन्तव्यपछि रचनावाचन र वाचन सकिएपछि विशिष्ठ अतिथिका मानव चिन्तनका मन्तव्य सुनेर सकिदा एघार बजेबाट सुरु भएको कार्यक्र तीन बजेको थियो।
वाचकहरूमा-महेश खरेल, रामचन्द्र खनाल, पूर्व सेनानी टङ्कबहादुर बजगाई, तेजनाथ दङ्गाल,डा.परशुराम पौडेल(मन्तव्य), रामशरण गैरे, प्रा.डा केशव श्रेष्ठ(मन्तव्य), हरिभक्त सिग्देल(दुवै), कल्पना दाहाल अन्तमा सभापतिले मन्तव्य व्यक्त  गर्नुभएकाे थियाे । हलमा गर्मीको अनुभव गरी प्रा.डा केशव श्रेष्ठले  हलमा पङखाको व्यवस्था गर्ने उद्घोष गरे।