लिंकन युनिभर्सिटी कलेजका १५ सय विद्यार्थी दीक्षित हुँदै
काठमाडौं । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) को ‘दीक्षान्त समारोह २०२३’ वैशाखमा हुने भएको छ । लुक्यानले स्नातक र स्नातकोत्तर उत्तीर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दीक्षित गर्ने लागेको हो । लिंकन युनिभर्सिटीले मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षणसंस्थाहरुबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि सहित दीक्षित गर्ने बताइएको छ ।
लुक्यानको ‘दीक्षान्त समारोह २०२३’ वैशाख १६ गते गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुँदै छ । मलेसियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाका करिब १५ सय विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिने बताइएको छ ।
दीक्षान्त समारोहमा सहभागी हुनको लागि बिद्यार्थीहरुले अनलाइन फर्म भर्नुपर्ने हुन्छ । सो फर्म बिद्यार्थीहरुले चैत १६ गते बुधवारबाट चैत ३० गतेसम्म भर्न सक्छन् । फर्म www.convocation.lucan.org.np मा गइ भर्न सकिने छ । विद्यार्थीहरुले दीक्षित हुनको लागि शुल्क पनि बुझाउनु पर्ने हुन्छ ।
लुक्यानका अध्यक्ष रेश्टा झाका अनुसार विश्वविद्यालयले हालसम्म चार वटा दीक्षान्त समारोह सम्पन्न गरी ४ हजार बढी बिद्यार्थीहरु दीक्षित भइसकेका छन् ।
‘हामीले यस वर्षको दीक्षान्त समारोह मार्फत १५ सय बढी बिद्यार्थीहरुलाई उपाधि द्वारा दीक्षित गर्नेछौं, विद्यार्थी, अभिभावक, अतिथि, शिक्षक, विश्वविद्यालय तथा शिक्षण संस्थाका प्रतिनिधिहरू लगायतका ३ जार बढी व्यक्तित्वहरू सम्मिलित यस दीक्षान्त समारोह २०२२ कार्यक्रम निजी शिक्षणसंस्थाहरुद्वारा गरिने एक उत्कृष्ट कार्यक्रम हुने छ,’ उनले भने ।
सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप, वाल्मीकि लिंकन कलेज, ग्रिन पिस लिंकन कलेज, केएफए बिजनेस स्कुल एण्ड आईटी, लिंकन इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, नेसनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स, नेपाल बिजनेस कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, पोखरा लिंकन इन्टरनेशनल कलेज, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी र वेस्टर्न मेगा कलेज गरी कुल ११ वटा शैक्षिक संस्थाहरूका विद्यार्थिहरु सहभागी हुने छन् ।
लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशन द्वारा इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५ औं स्थानमा रहेको दाबी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया