बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट मेघाङ गाउँपालिका-५ टक्सार ठेगाना भएका ४३ वर्षीय तारा लाल विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।