काठमाडौँ महानगरले ६ वर्षमा जरिवानाबाटै असुल्यो ६ करोड २२ लाख रुपैयाँ
काठमाडौँ ।महानगरले आर्थिक वर्ष २०७४/७५ सालदेखि फुटपाथ व्यापारीलगायतलाई कारबाही र जरिवाना गर्दै आएको छ । महानगरपालिकाले सडकपेटी अतिक्रमण नियन्त्रण, मोटरसाइकल पार्किङ व्यवस्थापन, छाडा पशु व्यवस्थापन, निर्माण नियन्त्रण, दृष्यप्रदुषण नियन्त्रण र फोहोर मैला गर्नेलाई कारबाही गरेर जरिवाना गर्दै आएको छ ।
महानगरको अनुसार पाँच वर्ष ७ महिनामा ६१ हजार ५ सय ९७ जनालाई कारबाही गर्दै ६ करोड २२ लाख ५४ हजार चार सय ५० रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा १२ हजार २७ जनालाई कारबाही गर्दै एक करोड २१ लाख १५ हजार जरिवाना गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा १३ हजार पाँच सय ८७ जनालाई कारबाही गर्दै एक करोड ३९ लाख २१ हजार चार सय ५० रुपैयाँ जरिवाना गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ११ हजार सात सय ८९ जनलाई कारबाही गर्दै एक करोड २१ लाख ५३ हजार तीन सय रुपैयाँ जरिवाना गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ८ हजार ५८ जनालाई कारबाही गर्दै ८० लाख ११ हजार एक सय रुपैयाँ जरिवाना गरेको छ ।
गत आर्थिक वर्षमा भने १५ हजार ६ सय २५ जनालाई कारबाही गर्दै एक करोड ५७ लाख एक हजार नौ सय रुपैयाँ जरिवाना गरेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाँच सय ११ जनालाई कारबाही गर्दै दुई लाख ७५ हजार ७ सय रुपैयाँ जरिवाना उठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया