के टेवाको नजिक रहेको बजार फर्किएला ?
बिहीबार साताको अन्तिम दिन बजार नैराश्यपूर्ण रहयो । अस्तिको सोमबार बजारले बटम लगाएको हो कि भन्ने बुझाई गलत साबित भएको छ । तर पनि सकारात्मक दृष्टिकोण राख्दा प्राविधिकरुपमा नेप्से प्राविधिक टेवाहरुको आसपास रहेको छ । यी टेवाहरु valid भएमा नेप्से अर्को साता पुन उकालो लाग्ने अनुमान गर्न सक्छाैँ ।
बजार नियमित कारोबारको शुरुवातमा ओरालो लागेको थियो । करीब १ बजेसम्म निरन्तर ओरालो लागेपछि बजारले उकालो लाग्ने जमर्को गर्यो । यता बेलासम्म नेप्से आजको न्यूनम विन्दु १९०५।९६ सम्म पुगेको थियो । नेप्सेको उकालो यात्रा आजको उच्चतम विन्दु १९३३।५६ सम्म रहयो । करिब २ बजेपछि उच्चतम बिन्दुबाट ओरालो लागेको नेप्से १९१५।१४ विन्दुमा रहि बिहीबारको बजार बन्द भयो ।
बरधबारको तुलनामा आज कारोबार(भोलुम) १२% ले घटेको छ । करिब एक अर्ब ४१ करोड बराबरको कारोबार भएको छ । कुल कारोबारलाई ३० मिनेटको अन्तरालमा विभाजन गर्दा शुरुवाटको न्यून भोलुममै बजार ओरालो लागेको थियो । मध्ये सम्हालिएको बजारलाई अन्तिम आधी घण्टामा आएको आजको तुलनात्मक उच्च भोलुमेले बजारलाई थप तल जानबाट थामेको छ ।
सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा, बिहीबार बोलिंजर ब्यान्ड (Bollinger Band) को तीनवटै रेखा तलतिर फर्केको छ । यसले बजार तलतिर जाने सम्भावना देखाउँछ । तर नेप्से ओरालो लागेमा तेस्रो रेखा टेवा हुनसक्ने सम्भावना उत्तिकै पनि रहेको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से दोस्रो टेवा रेखा (Support, S2)मा टेवा लिएर माथि फर्केको छ । यसले नेप्से उकालो लाग्ने सम्भावना प्रकट गर्दछ । विगतमा बजार धेरै पटक १९०० को तहबाट माथि उक्लेको अबस्था छ ।
सानो संख्यामा रहेको ठूला तथा खेलाडी लगानीकर्ताले मात्र बजार चल्ने होईन । ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभईराखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
सेयर बजार अपार सम्भावनाहरु बोकेको ठाउँ हो । हिजो र अस्ति SBL खरिद गर्नेहरुले बजारबाट आज १०% प्रतिफल पाउने अबस्था बन्यो । जुन प्रतिफल पाउनको लागी बैंकको मुद्धती खातामा कम्तीमा १ वर्ष पैसा राख्नु पर्दछ । आम लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा सेयर थुपारेर मात्र राख्नु भन्दा चलायमान बनाउँदा र रणनैतिक उपयोग गर्दा बजारमाठूला लगानीकर्ताको दबदबा हुन गार्है पर्छ । केहि घाटा सहने शक्ति आम लगानीकर्ताले बोक्नु जरुरी छ । सुझबुझका साथ आम लगानीकर्ता सक्रिय रहेमा भएको केहि घाटालाई नाफामा रुपान्तरण गर्न सकिन्छ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया