के पहिलो हुनु मात्रै विजय/जित हो त ?

केन्याको प्रसिद्ध धावक अबेल मुताई ओलम्पिक प्रतियोगिताको अन्तिम चरणमा दगुर्दा उनी अन्तिम रेखा भन्दा केही मिटर पछाडि थिए । उनका बाँकी प्रतिस्पर्धीहरू झन् पछाडि नै थिए ।
अबेलले स्वर्ण पदक जितिसकेका थिए । तर भूलवश अन्तिम रेखा सम्झेर अलि परै उभिए । उनका पछाडि आइरहेका स्पेनेली धावक इभान फर्नान्डिसले बुझे, अबेलले भूलवश अन्तिम रेखा सम्झेर उभिएका छन् ।
उसले कराउँदै अबेललाई अगाडि जान भनी रहेका थिए । तर अबेलले स्पेनिस भाषा न बुझेकोले त्यहीँ उभिई रहे ।
अन्त्यमा इभानले उसलाई धकेल्दै अन्तिम रेखामा पुराई दिए । यसैले अबेल प्रथम र इवान दोस्रो भए । यो दृष्यले सबै दर्शक अवाक भए ।
पत्रकारहरूले इवानलाई सोधे– तपाईले यस्तो किन गर्नु भयो ? अवसर पाउँदा–पाउँदै तपाईले जितेको स्वर्ण पदक किन गुमाउनु भयो ?
इवानले भने – मेरो सपना छ कि एकदिन हामीले यस्तो मानव जाति बनाऔँ जसले एक – अर्कालाई सहायता गर्नेछ, न कि उसको भूलको फाइदा उठाउने छ । म प्रथम स्थानमा थिइन् ।
पत्रकारले फेरि सोधे – तर केन्याका प्रतिस्पर्धीलाई धकेलेर अगाडि ल्याउनु भयो ?
इभानले भने – उनी प्रथम नै थिए, यो प्रतियोगितामा प्रथम स्थान उनकै हो ।
पत्रकार – तपाईले स्वर्ण पदक जित्न सक्नु हुन्थ्यो ।
इभान – तपाईले सोच्न सक्नु हुन्छ त्यो जितको अर्थ के हुने थियो ? मलाई पदकको सम्मान प्राप्त हुन्थ्यो तर मैले मेरी आमालाई के भन्थें ? संस्कार एउटा पिढिबाट अर्को पिढिसम्म जान्छ । यो स्वर्ण पदकलाई मैले यसरी जितेर मैले आउने पिढिलाई के सन्देश दिने थिएँ ? अरूको दुर्बलता र अज्ञानताको फाईदा न उठाउँदै उसलाई सहयोग गर्ने शिक्षा मेरी आमाले मलाई दिनु भएको छ ।