आज सानिमा र रिलाएन्स इन्सोरेन्सको कारोबार बन्द हुने

काठमाडौं । सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको सेयर कारोबार रोक्का हुने भएको छ । दुबै कम्पनीले चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भए पछि नेप्सेले आजको सेयर कारोबार रोक्का गरेको हो ।

यसअघि भएको निर्णय अनुसार दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न गरी आजवाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दैछन ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

दुवै कम्पनीको फागुन १२ गते सम्पन्न भएको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरे अनुसार आजवाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन ।