धेरै दिनपछि आशालाग्दो हरियाली
साेमबार साताको दोस्रो दिन नेप्सेले आशा दिएको छ । सकारात्मक राजनैतिक तथा आर्थिक माहौलका विच नेप्से उक्लनुपर्ने थियो जुन आज पुरा भएको छ । तर यो बटम लाग्यो नै भन्न बुधबार हुने कारोबार कुर्नु पर्ने हुन्छ । अब अगामी एक, दुई दिन नेप्से उक्लिने सम्भावनालाई नकार्न चाहि सकिदैन ।
बजार नियमित कारोबारको शुरुवाटमा उकालो लागेको थियो । शुरुको आधी घण्टामा हवात्तै उकालो लागेको बजार तत् पश्चात केही ओरालो लागेर करिब दुई बजेसम्म बजार स्थिर रहयो । यसपछि नेप्सेको दरिलो उकालो यात्रा शुरु भयो । नेप्से आजको उच्चतम विन्दु १९४९।०६ मा रहि बजार बन्द भयो ।
आइतबारकाे तुलनामा साेमबारकाे कारोबार(भोलुम) १८% ले बढेको छ । करिब एक अर्ब २९ करोड बराबरको कारोबार भएको छ । कुल कारोबारलाई १० मिनेटको अन्तरालमा विभाजन गर्दा अन्तिम १० मिनेटमा आजको तुलनात्मक उच्च भोलुम आएको छ र बजारलाई उच्चतम विन्दुमा पुर्याएको छ । यसले नेप्से अर्को दिनको कारोबारमा माथि जाने सम्भावना प्रकट गर्दछ । साथै नेप्से बढ्दा कारोबार पनि बढेको छ ।
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, साेमबार बोलिंजर ब्यान्ड (Bollinger Band) को माथिल्लो र मध्ये रेखा तलतिर नै फर्केको अबस्था छ भने तल्लो रेखा माथि फर्केको छ । यसले ब्यान्ड खुम्चने संकेत गर्दछ । ब्यान्ड जति खुम्चियो त्यति नै यो छिटो फुक्ने सम्भावना पनि रहन्छ । नेप्से उकालो लाग्दा मध्ये रेखामा यसले अबरोध सामना गर्नु पर्ने हुन्छ । तर नेप्से मध्ये रेखासम्म पुग्नलाई केही दिन लाग्ने हुँदा तत्काल नेप्सेले मध्ये रेखामा अबरोध सामना गरी फर्कने सम्भावना कम रहेको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से दोस्रो टेवा रेखा (Support, S2)भन्दा माथि नै रहेको छ । आगामी दिन नेप्सेले आजको जस्तो रफ्तार लिएमा पहिलो टेवा रेखा (Support, S1) लाई सजिलै पार गर्न सक्दछ । जस अनुरुप पिभोट तह सम्म नेप्से जान सक्छ र २००० को तहलाई कटने सम्भावना रहन्छ ।
सानो संख्यामा रहेको ठूला तथा खेलाडी लगानीकर्ताले मात्र बजार चल्ने होईन । ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागी भई राखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन । यो तथ्यलाई आज पनि बजारले ओल्याएको छ ।
हिजो र अस्ति खरिद गर्नेहरुले बजारबाट केही दिनमा नै १०% प्रतिफल पाउने अवस्था बजारले देखाएको छ । जुन प्रतिफल पाउनको लागी बैंकको मुद्धती खातामा कम्तीमा १ वर्ष पैसा राख्नु पर्दछ । आम लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा सेयर थुपारेर मात्र राख्नु भन्दा चलायमान बनाउँदा र रणनैतिक उपयोग गर्दा बजारमा ठूला लगानीकर्ताको दबदबा हुन गाह्राे पर्छ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया