कति छ आजको विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । आज नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, डलरको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ २० पैसा र बिक्री दर १४० रुपैयाँ ८४ पैसा रहेको छ।
बेलायती पाउण्ड १ को खरिद दर १५९ रुपैयाँ ०९ पैसा र बिक्री दर १५९ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया