भोलुम न्यून हुँदा बजार तल झर्न राेकियाे   

आज साताको अन्तिम दिन पनि नेप्से ओरालो दोहोरिए पनि धेरै तल गएन । नेप्से ओरालो लाग्दै गर्दा भोलुमले साथ नदिएपछि धेरै जान नसकेको हो ।

बजार नियमित कारोबारको शुरुवातबाट नेप्से ओरालो लागेको थियो । यो ओरालो यात्रा करिब दुई बजेसम्म कायम रहयो । आजको न्यूनतम विन्दु १९१९।९३ सम्म नेप्से पुगेपछि उकालो लागेको थियो । कारोबारको लागी अन्तिम १५ मिनेट बाँकी रहँदा उकालो यात्रा बिराम भयो । पुन केही ओरालो लागेर अन्तिममा नेप्से १९४६।७७ विन्दुमा रहि बजार बन्द भयो ।

बुधबारको तुलनामा बिहीबार कारोबार झिनो अंकले  (भोलुम) ५% ले घटेको छ । करिब एक अर्ब १४ करोड बराबरको कारोबार भएको छ । कुल कारोबारलाई १ घण्टाको अन्तरालमा विभाजन गर्दा अन्तिम १ घण्टामा आजको कुल कारोबारको करिब आधाआधी कारोबार भएको छ । पहिलो दुई घण्टामा नेप्से घटदो  क्रममा रहँदा भोलुम न्यून रहेको थियो । यस अबधिमा कुल कारोबारको २८% मात्र कारोबार भएको छ । अन्तिम दुई घण्टामा भोलुम बढनुको साथै नेप्से बढनुले बजार उकालो फर्कन खोजेको संकेत गर्दछ ।

सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा, बिहीबार बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तलतिर फर्केको छ भने तल्लो रेखा माथि फर्केको छ । मध्ये रेखा चाहिँ तलतिर नै फर्केको छ । यसले ब्यान्ड थप खुम्चिने संकेत गर्दछ । नेप्सेतल्लो रेखा भन्दा माथि नै रहेको छ । नेप्से पुन ओरालो लागेमा तल्लो रेखामा टेवा पाउने संकेत गर्दछ । नेप्से पुन साईडवेजमा खेल्ने हो कि भनी अनुमान valid नै रहेको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से दोस्रो टेवा रेखा (Support, S2) तिर नगई माथि नै फर्केको छ । अर्को साता उकालो लागेर पहिलो टेवा रेखा (Support, S1) लाई तोडेको खण्डमा पिभोट तह सम्म नेप्से जान सक्छ ।  २००० को तहलाई कटने सम्भावना रहन्छ ।

सानो संख्यामा रहेको ठूला तथा खेलाडी लगानीकर्ताले मात्र बजार चल्ने होईन । ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागी भई राखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन । यो तथ्यलाई आज पनि बजारले ‌औँल्याएको छ । आम लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा सेयर थुपारेर मात्र राख्नु भन्दा चलायमान बनाउंदा र रणनीति उपयोग गर्दा ठूला लगानीकर्ताको दबदबा हुन गाह्राे पर्छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com