अमेरिकामा बढ्यो, नेपालमा घट्यो

अघिल्लो साता बढ्दै गरेको नेप्से आईतबार घट्यो । घटनुको कारण अमेरिकाको सिलिकन भ्याली बैंक डुब्नुलाई देखाईयो । अमेरिकी सेयर बजार दुई दिन घटेर मंगलवार फेरि बढ्यो । तर मंगलवार सम्हालिएको नेपालको सेयर बजार बुधबार पनि घटेको छ । केही मिडिया र यिनै मिडियाको उपयोग गरेर   लगानीकर्ताहरुले आम लगानीकर्तालाई कतिको उल्लु बनाउँदो रहेछ भन्ने यो एउटा ताजा उदाहरण हो । अमेरिकी सेयर बजारसँग गोरु बेचेको साईनो नराख्ने नेपाली सेयर बजारले यसैको कारण नेप्से घटयो भनेर तर्क गर्ने  बजार जानकारबाट आम लगानीकर्ता सचेत हुनु पर्ने देखिन्छ ।

सेयर बजारको ओरालो यात्रा आज सम्हालिएको छ । उत्साहजनक नभएपनि के आशा पलाएको छ । तर बजारलाई दबोच्न खोज्नेको सक्रियता अझै कायम रहेको आभास रहेको छ ।

बजार नियमित कारोबारको शुरुवातबाट नेप्से ओरालो लागेको थियो । यो ओरालो यात्रा करिब दुई बजेसम्म काय रहयो । आजको न्यूनतम विन्दु १९२६।५७ सम्म नेप्से पुगेपछि उकालो लाग्ने प्रयास गर्यो । कारोबारको लागी अन्तिम १५ मिनेट बाँकी रहँदा उकालो यात्रामा बिरामी भयो । पुन केही ओरालो लागेर अन्तिममा नेप्से १९३८।६२ विन्दुमा रहि बजार बन्द भयो ।

हिजोको तुलनामा आज कारोबार झिनो अंकले (भोलुम) ५% ले बढेको छ । करिब एक अर्ब २० करोड बराबरको कारोबार भएको छ । सानिमा हाईड्रोपावर (SHPC) मा आजको कुल कारोबारको ७५% कारोबार पहिलो १ मिनेटमै भएको थियो । यसले यो स्क्रिप्टमा दालमे कुंच कालहे भन्ने संकेत गर्दछ ।

कुल कारोबारलाई १० मिनेटको अन्तरालमा विभाजन गर्दा अन्तिम १० मिनेटमा आएको आजको उच्चतम भोलुमले नेप्सेलाई थप तल ओर्लनबाट रोकेको छ ।

सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तलतिर फर्केको छ भने तल्लो रेखा तल फर्किन रोकिएको छ । मध्ये रेखा चाहिँ तलतिर नै फर्केको छ । यसले ब्यान्ड थप खुम्चिने संकेत गर्दछ । नेप्सेतल्लो रेखा भन्दा माथि नै रहेको छ । नेप्से पुन ओरालो लागेमा तल्लो रेखामा टेवा पाउने संकेत गर्दछ ।नेप्से पुन साईडवेजमा खेल्ने हो कि भनी अनुमान गर्न सकिन्छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से दोस्रो टेवा रेखा (Support, S2) तिर नगई माथि नै फर्केको छ । भोलि उकालो लागेर पहिलो टेवा रेखा (Support, S1) लाई तोडेको खण्डमा पिभोट तह सम्म नेप्से जान सक्छ । यानी २००० को तहलाई कटने सम्भावना रहन्छ ।

नेप्सेलाई दबोच्न खोज्ने तत्व अझै सक्रिय नै रहेको आजको बजारले संकेत गरेको छ ।

सानो संख्यामा रहेको ठूला तथा खेलाडी लगानीकर्ताले मात्र बजार चल्ने होईन ।ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभईराखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन । आफ्नो पोर्टफोलियोमा सेयर थुपारेर मात्र राख्नु भन्दा चलायमान बनाउँदा आम लगानीकर्ता ठूला लगानीकर्ताको लागी फाेहाेर संकलन केन्द्र हुन सक्दैन ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com