आशा जगाएको नेप्से ओरालो झर्ने समूह सक्रिय
सेयर बजारको ओरालो यात्रा आज सम्हालिएको छ । उत्साहजनक नभएपनि के आशा पलाएको छ । तर बजारलाई दबोच्न खोज्नेको सक्रियता अझै कायम रहेको आभास रहेको छ ।
बजार नियमित कारोबारको शुरुवातमा नेप्से ठाडो ओरालो लागेको थियो । यो ओरालो यात्रा आजको न्यूनतम विन्दु १९३९।३२ सम्म कायम रहयो । यसपछि उकालो लागेको नेप्सेको उकालो यात्रा साढे १ सम्म मात्र कायम रहन सक्यो । यतिबेला सम्म आजको उच्चतम विन्दु १९६५।१९ मा नेप्से पुगेपछी ओरालो यात्रा शुरुभयो । अन्तिममा नेप्से हिजो भन्दा झिनो अंकले माथी बसी बजार बन्द भयो । आज नेप्से १९५३।०६ विन्दुमा रहेको छ ।
हिजोको तुलनामा आज कारोबार झिनो अंकले (भोलुम) २% ले घटेको छ । करिब एक अर्ब १३ करोड बराबरको कारोबार भएको छ । कुल कारोबारलाई १० मिनेटको अन्तरालमा विभाजन गर्दा साढे १ बजेतिर आएको केही बढी भोलुमले क्रमिकरुपमा उकालो लाग्दै गरेको नेप्सेलाई ओरालो धकेलेको छ । यसपछिको भोलुमले नेप्सेलाई क्रमिक ओरालो नै दोहोर्याएको छ । तर अन्तिम १० मिनेट बाँकी रहँदा आजको तुलनात्मक उच्च भोलुमले नेप्सेलाई माथि लगेर छोडेको छ । आज कारोबार समयको मध्ये तिर नेप्सेलाई तल नै ढबाउने तत्व सक्रिय रहेको देखियो भने अन्तिममा नेप्सेलाई धेरै तल जानबाट जोगाउने तत्व सक्रिय रहेको संकेत गरेको छ ।
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तलतिर फर्केको छ भने तल्लो रेखा तल फर्किन रोकिएको छ । मध्ये रेखा चाहि तलतिर नै फर्केको छ । यसले ब्यान्ड थप खुम्चिने संकेत गर्दछ । नेप्सेतल्लो रेखा भन्दा माथि नै रहेको छ । नेप्से पुन ओरालो लागेमा तल्लो रेखामा टेवा पाउने संकेत गर्दछ ।नेप्से पुन साईडवेजमा खेल्ने हो कि भनी अनुमान गर्न सकिन्छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से पहिलो टेवा रेखा (Support, S1) मा ठोकिएर तल आएको छ भने दोस्रो टेवा रेखा (Support, S2) तिर नगई माथि नै फर्केको छ । भोली उकालो लागेरपहिलो टेवा रेखा (Support, S1) लाई तोडेको खण्डमा पिभोट तहसम्म नेप्से जान सक्छ । यानी २००० को तहलाई कटने सम्भावना रहन्छ ।
हिजो घटदो बजारमा भोलुम सम्हालिएको थियो भने आज नेप्से सम्हालिएको छ । यो सकारात्मक पक्ष हो भने बजारमा ओरालो लगाउने पक्ष पनि सक्रिय नै रहेको आजको कारोबारले देखाएको छ । मूख्यरुपमा आम लगानीकर्ताहरु सक्रिय हुनु आवश्यक रहेको छ । पोर्टफोलियो स्थीर राख्नु भन्दा rotation गरिराखेमा घटदो बजारमा पनि प्रतिफल पाउन सकिन्छ । बढला र खाउला भनी बस्दा बैंकमा पैसा राख्नु र सेयरमा लगानी गरेर राख्नुको भिन्नता केहि रहँदैन । यानी तपाईले उती नै प्रतिफलको लागी धेरै जोखिम लिईराख्नु भएको मात्र हुन्छ ।
सानो संख्यामा रहेको ठूला तथा खेलाडी लगानीकर्ताले मात्र बजार चल्ने होईन । ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभईराखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया