बजार नसम्हालिदाँ लगानी अन्याेल

सेयर बजारको ओरालो यात्रा आज पनि सम्हालिएन । सकारात्मक पक्षबाट हेर्दा घट्ढो बजारमा भोलुम चाहिँ सम्हालिएको छ ।

बजार नियमित कारोबारको शुरुवातमै ठाडो ओरालो लागेको थियो । एक चोटि उकालोलाग्ने प्रयास बिफल भएपछी बजार निरन्तर ओरालो नै लाग्यो । अन्तिम आधी घण्टामा नेप्से आजको न्यूनतम विन्दु १९४४।४२ मा पुगेपछि यस भन्दा अलि माथि १९५१।२१ विन्दुमा बजार बन्द भयो ।

update

हिजोको तुलनामा आज कारोबार (भोलुम) ३०% ले घटेको छ । करिब एक अर्ब १६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबारलाई ३० मिनेटको अन्तरालमा विभाजन गर्दा अन्तिम आधी घण्टाको भोलुम बाहेक अन्य भोलुमले बजारलाई ओरालो नै लगाएको छ । अन्तिम आधी घण्टाको भोलुमले बजारलाई थप ओरालो लाग्नबाट रोकेको छ । साथै यस अवधीमा तुल्नात्मक धेरै भोलुम आएको छ ।

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, साेमबार बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तलतिर फर्कन रोकिएको छ । मध्ये र तल्लो रेखा तल तिर सोझिनेक्रम जारी रहेको छ । नेप्सेतल्लो ब्यान्ड भन्दा माथि नै रहेको छ । नेप्से पुन ओरालो लागेमा तत्काल टेवा पाउने देखिदैन ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले पहिलो टेवा रेखा (Support, S1) मा टेवा लिन सकेन । नेप्से यस भन्दा तल नै बसेको छ । दोस्रो टेवा रेखा (Support, S2) मा टेवा लिन अझै समय लाग्ने देखिन्छ ।

नेपालको सेयर बजारले विश्वको कुनै पनि सेयर बजारसँग गोरु बेचेको साईनो सम्म राख्दैन । भारतको सेयर बजारमा विश्व स्तरिय वित्तीय ओजारहरु प्रयोग हुन्छन । यसा प्रत्यक्ष बैदेशिक लगानी देखि लिएर विदेशी निवेशकहरु प्रत्यक्षरुपमा संलग्न छन । संघाई १।२% र हङ्कङ् १।९५% स्टक एक्सजेन्जले बढेको छ । नेपाली सेयर बजारले विश्व सेयर बजारसँग साईनो राख्दो हो त संघाई र हङ्कङ  स्टाेक एक्सजेन्ज बढदा नेप्से पनि बढनु पर्ने हो । किनभने विश्व अर्थतन्त्रको उथलपुथलले संघाई र हङ्कङ स्टक एक्सजेन्जहरु भारतको भन्दायी स्टक एक्सजेन्सी बढी प्रभावित हुन्छन । नेपालको सेयर बजारलाई विश्वको सेयर बजारसंग साईनो जोडनु भनेको के निहुँ पाऊँ कनिका खाऊँ मात्र हो ।

सेयर बजारमा आम लगानीकर्ताले आवज बुलन्ध गर्न सक्रियता छोडनु हुन्न । ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागी भईराखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन । आज पनि यसको पुष्टि भएको छ ।

 

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com