केही व्यक्तिकाे मनाेमानीले सेयर बजार प्रभावित

लामो समय घटेपछि अघिल्लो दुई दिन सम्हालिएको सेयर बजार आज पुन ओरालो लागेको छ । मिडियामा छाउने लगानीकर्ताहरुका अनुसार अमेरिकामा एउटा बैंक टाट पल्टेको असर स्वरूप बजार घटेको हो भनिएकाे छ । एक मिडियाले विश्वभरिको सेयर बजार त्रासमय भइ घटेको समाचार दिएको छ । भारतमा सेन्सेक्स ६० हजार मुनि आएको सनसनी समाचार दिएको छ । आजको बजारको घटाईलाई लिएर यस्ता अनेकन वाहियात हल्लाहरुले ब्यापकता पाएको छ । नेपालको सेयर बजार संसारका अन्य सेयर बजारसँग प्रभावित हुने हो भने ३२०० को अलटाईम हाईबाट तल १८०० सम्म नेप्से आउनै नपर्ने हो । भारतमा सेन्सेकस, ६० हजारको अल टाईम हाई हुनु भन्दा केही समय अगाडि नै नेपालको नेप्सेले ३२०० को अलटाईम हाई लिएको थियो । सेन्सेकस ६० हजार कटेपछि केही समयको लागी करेक्सन आएको थियो र पुन ६० हजारलाई कटायो । अहिलेसेन्सेकस ६० हजारको हाराहारीमा भारतको सेयर बजार चलिरहेको छ । तसर्थ के नेपालको सेयर बजारसँग भारतको सेयर बजारलाई तुलना गर्न मिल्यो त ? यस्ता धेरै तथ्यहरु छन जसले तुलना गर्न नमिल्ने सिद्धि गर्दछ । तुलना गर्नु भनेको हात्ती छाप चप्पल बलियो र हात्ती बलियो भनेको उस्तै उस्तै हो भने जस्तै हो ।

मूलत नेपालको सेयर बजार केही मुठ्ठी भर समूहको कब्जामा छ । यसले बजार घटाउन जस्तो जुकै बहाना पनि दिने गरेको छ । घटेको बजारबाट माछा उछिट्याए पछि अस्वभाविक बजारमा उछाल ल्याउन जस्तो सुकै ताण्डव देखाउन पनि पछि परेको छैन । नेपाली सेयर बजारको यस्तो छाडापन रोक्न सरकारी निकाय निरिह छ भने, नेपालको सेयर बजारले देशको सु-शासनलाई गिज्याई राखेको चाहिँ छ ।

नियमित कारोबारको शुरुवातमा नेप्से उकालो लाग्न खोजेता पनि सफल हुन सकेन ।  उच्चतम विन्दु २०१७।३ मा नेप्से पुगे पश्चात ओरालो लागेको थियो । कारोबार अबधीभर तीन पटक उकालो लाग्ने प्रयास गरेता पनि सफल हुन सकेन । अन्तिममा आजको न्यूनतम विन्दु १९७०।६७ भन्दा केही माथि १९७५।८९ मा नेप्से रहि बजार बन्द भयो ।

आइताबारकाे  तुलनामा आज कारोबार सामान्य (भोलुम) ७% ले बढेको छ । करिब एक अर्ब ६६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबारलाई ३० मिनेटको अन्तरालमा विभाजन गर्दा अन्तिम आधी घण्टाको भोलुम बाहेक अन्य भोलुमले बजारलाई ओरालो नै लगाएको छ । अन्तिम आधी घण्टाको भोलुमले बजारलाई थप ओरालो लाग्नबाट रोकेको छ । साथै यस अवधीमा तुल्नात्मक धेरै भोलुम आएको छ ।

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,  साेमबार बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तलतिर फर्कन रोकिएको छ । मध्ये र तल्लो रेखा चाहिँ तल तिर सोझिने मात्रा घटेको छ । नेप्सेतल्लो ब्यान्ड भन्दा माथि नै रहेको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पहिलो टेवा रेखा (Support, S1) भन्दा माथि बसेको छ । भोलि नेप्सेले पहिलो टेवा रेखा (Support, S1)मा टेवा लिएर माथि जाने सम्भावना देखाएको छ ।

देशको आर्थिक अबस्था सुधारन्मूख रहेको र विप्रेषण बढेको खबर आएको छ । विप्रेषण बढ्दा बैंकको तरलता पनि बढ्नु हो । आजै एक कार्यक्रममा प्रधानमन्त्रीले ब्याजदरलाई एकल अंकमा ल्याउन निर्देशन दिएको खबर छ । आर्थिक सूचांक र परिस्थितिको सकारात्मक माहोलमा पनि सेयर बजारमा पहिरो जानु पक्कै पनि स्वभाविक होईन । हामी आम जनताले कहिले सम्म ठूलाको चंगुलमा बस्नु पर्ने हो । राज्य कहाँ भन्ने प्रश्न उब्जिएकाे छ ?

सेयर बजारमा आम लगानीकर्ताले आवाज बुलन्द गर्ने र सक्रियता छोडनु हुन्न । ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभईराखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन । आज पनि यसको पुष्टि भएको छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com