उपराष्ट्रपति निर्वाचन: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुुने भएको छ । १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो ।जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार बन्नुभएको छ ।

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै एमाले र जनमत पार्टीले उजुरी दिएको हो ।