सरितका तीन बाल कृतिमाथि परिचर्चा
“पहिचानका लागि महिला आवाज“ नामक संस्थाद्वारा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका नवीनतम तीन बाल कृति बाटुली (कथासङ्ग्रह), मान्या मेरी छोरी (कथासङ्ग्रह) र जूनतारा (कवितासङ्ग्रह) माथि जुम प्रविधिमार्फत विमर्श कार्यक्रम सम्पन्न भएको छ । भुँडी पुराण प्रकाशनबाट प्रकाशित बाटुली र जूनतारा तथा अक्षरधाम प्रकाशनबाट प्रकाशित मेरी छोरी मान्या माथि भएको विमर्श कार्यक्रमलाई प्यानल डिस्कशनको नाम दिइएको थियो । उक्त डिस्कशनमा लेखक स्वयं इन्द्रकुमार श्रेष्ठ सरित् सहित रञ्जुश्री पराजुली, छायाँदत्त नेउपाने, र ज्ञाननिष्ठ ज्ञवालीको सहभागीता थियो ।
साहित्यकार सरितले आफूले बालबालिकाका लागि एकादेशको कथा नलेखेर यथार्थको धरातलमा कथाहरुको सिर्जना गरेको बताए । अन्य सहभागी बक्ताहरुले विशेषतः इन्द्रकुमार श्रेष्ठ सरितका बालकथामा मनोविज्ञान र मनोविश्लेषण पक्ष मुखरित हुनुका साथै बालबालिकालाई मिहिनेती र संघर्षशील हुनुपर्ने नैतिक शिक्षा र सन्देश रहेको राम्रो पक्ष रहेको विषयमाथि प्रकाश पारेका थिए ।
सरितको कृतिमाथि प्रकाश पार्ने तथा शुभकामना मन्तब्य ब्यक्त गर्ने अन्य बक्ताहरुमा साहित्यकार लक्ष्मी उप्रेती, सरस्वती श्रेष्ठ सरु, बोधराज पौडेल, इन्द्रप्रसाद अधिकारी, चन्द्रप्रसाद अधिकारी, सुमन वाङ्देल, रश्मि रिमाल, केशव पराजुलीआदि रहेका थिए ।
संस्थाका उपाध्यक्ष अनुराधा खकुरेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमूख अतिथि प्राडा ध्रुव घिमिरेले सरितको बाल साहित्य लेखनमाथि प्रकाश पारेका थिए । संस्थाकी अध्यक्ष सुधा मैनालीले कार्यमको सञ्चालन तथा मोडरेटरको भूमिका निर्वाह गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया