रोजगारीको लागि नौ महिनामा पाँचलाख विदेशिए
आर्थिक वर्ष २०७९/८० को साउन देखि फागुन १० गते सम्म ४ लाख ९५ हजार ८ सय २१ जना नेपालीहरू विश्वका १ सय ३६ मुलुकमा रोजगारीका सिलसिलामा बिदेशिएका छन्् । यसरी विदेशिनेहरूमा ४ लाख ५१ हजार पुरुष र ४४ हजार ७ सय छ जना महिला रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
रोजगारीको सिलसिलामा बाहिरिनेमा सबैभन्दा धेरै मलेसिया गएको तथ्याङले देखाएको छ । मलेशियामा रोजगारीका लागि १ लाख ८२ हजार ९ सय २१ जना पुरुष र ५ हजार ५ सय ९८ महिला गरी १ लाख ८८ हजार ५ सय १९ जना गएको बताइन्छ ।
कुन कुन मुलुकमा कति गए ?
अल्वानियाका लागि २ सय ३१ जना, अल्जेरियामा २, अंगोलामा ८, अष्ट्रेलियामा ३ सय ४३ जनाले श्रमस्वीकृती लिएर गएका छन्् । अजरवैजान ५, वहराइन ५ हजार ३५, बंगलादेश २, बार्बदोस ६, बेलरुसको लागि १८, बेल्जिएमको लागि ३६, बेनिन २, बर्मुडा १२, बोस्नाइ ४७, ब्राजिल २३ रहेका छन्् । आइसल्याण्ड ३, ब्रुनाइ ९ सय ८६, ब्रुर्किना १, कम्बोडिया ३२, क्यामरुन १, क्यानडा ३ सय ४०, क्यामान ३ सय ५९ गएको बिभागले जनाएको छ ।
त्यसैगरी, अफ्रिका ३, चिलि ११, चीन ४९, कोलम्बीया ११, आइसल्याण्ड २, कोटे डिभोइरी ३, कोर्टिया ४ हजार ५ सय ५६, साइप्रस २ हजार ८ सय ६३, सिजिच रिपब्लिका १ सय ५ गएका छन्् । डेनमार्क ९, डिजिबउटी ४, डोमिनिकान १९, इजिप्ट २०, गुइनिया ६, स्टोनिया २, इथियोपिया ५, फुजी ५, फिनल्याण्ड ६४, फ्रान्समा ५६ जना गएका छन् ।
गावन ५, जर्जिया १, जर्मनी ३८, घाना ६, ग्रिस २२, हङकङ ५२, हंगेरी १ सय १४, आइसल्याण्ड १, इन्डोनेसिया ४, आयरल्याण्ड ५२, इजरायल ९ सय ६५, इटाली ३७, जमिका ३ जापान ५ हजार ४ सय २२, जोर्डनमा ७ सय ३९ जना गएका छन्् । कार्जकिस्तान २, केन्या १९, कोसोभो ६, कुवेत २९ हजार ८ सय ६, लायोमा १६ जना नेपाली गएका छन् ।
लतभिया ११, लेवलान ३८, लिथुनिया ३७, लग्जेम्बर ७, मकाउ २ सय ४३, मदस्कार ८, मलावी २, मलेसिया १ लाख ८८ हजार ५ सय १९, माल्दिभ्स २ हजार ७ सय २२, माली १५, माल्टा ४ हजार ८ सय ४९, मारोस ३, मोरिसस ३ सय ८२, मेक्सिको १ सय ११, मोरोको १०, मोजाम्बिक १३, नेदरल्याण्ड १६, न्युजरल्याण्ड २ सय ९३, नाइजेरियामा ४४ जना गएका छन्् । नर्बे ४५, ओभान ३ हजार ४ सय ९७, पालाउ १०, पपु न्युगिनिज १ सय ९९, पेरु २, फिलिपिन्स ६, पोल्याण्ड २ हजार ६ सय २२ रहेका छन्् । पोचुर्गल ३ सय ५१, कतार ८२ हजार ३ सय ६२, बुल्गेरिया ४३, कंगो ४०, कोरिया ९ हजार ९ सय २५, कोसोभो ८, मेसिडोनिया ३, सेचिल्लीमा १२ गएका छन् ।
त्यसैगरी, रोमानिया ८ हजार ४ सय ३७, रसिया १ सय २२, रुवाण्डा २, सेन्ट लुसिया १, साइपान १, साउदी अरब ६७ हजार २ सय १२ जना गएका छन् । सेनेगल ४, सर्बिया ५ सय ११, सेचेलेस ३ सय २०, सिएर्रा ६, सिंगापुर १ सय १९ छन्् । स्लोभक ५, सोल्भानिया ८५, सोमालिया ११, साउथ अफ्रिका २, साउथ सुडान ७, स्पेनमा २७ गएका छन् ।
श्रीलंका २५, सुडान ६, स्वीडेन ४, ताइवान १, तार्जकिस्थान २, तान्जेनिया २१, थाइल्याण्ड २९, टिमोर १, त्रिनिडाड र टोवागो २, टर्की १ सय ७३ गएका छन् । टर्कस र काइकस स्ल्याण्ड २, युएइ ६७ हजार ६ सय २१ गएका छन्् । युगण्डामा १८, युएसए २ सय ४९, भानुआतु १, भियतनाम १, वेस्ट इन्डिज १ र जिम्बाबियामा १ जना गएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया