रकमान्तर गरेर ६३ अर्ब बाँडियो, कसले कति पाए ?
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटभन्दा बाहिर हुने गरी ६३ अर्ब १ करोड रुपैयाँ रकमान्तर गरी विभिन्न प्रयोजनका लागि उपलब्ध गराएको छ ।
रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले १५ अर्ब २३ करोड रकम स्रोत सुनिश्चतता दिएको छ । यसबाहेक अन्य शीर्षकमा गरिएको खर्चको विवरण हेर्दा अनुत्पादक क्षेत्रमा बजेट गएको देखिएको छ ।
विभिन्न व्यक्तिहरुलाई उपचार खर्चदेखि भुटानी मानवअधिकारवादी नेतालाई समेत आर्थिक सहायता दिइएको छ । उपचार खर्च मन्त्रिपरिषदको निर्णय अनुसार दिइएको उल्लेख छ ।
साउनदेखि माघसम्म १३९ शिर्षकमा आर्थिक सहायत दिइएको छ ।
त्यस्तै, साउनदेखि माघसम्म ८७ शीर्षकमा अर्थ विविधबाट निकासा दिइएको पाइएको छ ।
यस्तै, १ करोड भन्द्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर गरेर ९ शीर्षकमा बजेट बाँडिएको छ ।
यसैबीच, ६० शीर्षकमा बहुवर्षीय ठेक्काको बजेट सहमति दिइएको उल्लेख छ ।
हेर्नुहोस् शीर्षक अनुसारको विवरणः
फेसबुकबाट तपाईको प्रतिक्रिया