कति भरपर्दाे छ नेप्सेकाे उकालाे यात्रा
पाँचौँ दिनपछि आज नेप्से उकालो लागेको छ । के नेप्सेको ओरालो यात्र टुङ्गिएकाे हो त ? सेयर बजार सधैँ ओरालो लाग्दैन र सधैँ उकालो पनि नलाग्ने सर्वसिद्ध तथ्य हो । बजार ओरालो लाग्दै गर्दा कुनै न कुनै बेला कम्तिमा एक चोटीलाई भए पनि उकालो लाग्छ, जसलाई death cat bounce अर्थात मरेको बिरालो उफ्रेको भनिन्छ । नेप्सेको निरन्तर ओरालो पछि कम्तीमा एक चोटी उकालो लाग्ने अर्थात मरेको बिरालो उफ्रने अनुमान आज पुरा भएको छ । तर के नेप्से पुन ओरोलो नै लाग्छ त ? वा ओरालो यात्रा टुङ्गिएर अब उकालो लाग्ने हो ?
आज नेप्से शुरुवात मै उकालो लाग्न खोजता पनि केही समयको लागी ओरालो हुदै अनिश्चयको बाटो हिडनु पर्यो । करिब पौने १ सम्म कता लाग्ने भन्ने अन्योलता हुँदा ततपश्चात भने नेप्सेले उकालो दिशा नै तय गर्यो । अन्तिम सम्म पनि नेप्सेले उकालो नै लागेर २०८०।३८ विन्दुमा बजार बन्द भयो । नेप्सेको आजको उच्चतम विन्दु २०८४।९४ रहयो ।
सोमबारको तुलनामा ७%ले भोलुम (कारोबार) घटेको छ । करिब एक अर्ब ८० करोड बराबरको कारोबार भएको छ ।
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को तिनवटै रेखा तल तिरै फर्केको छ । बोलिंजर ब्यान्डको मान्यता अनुसार नेप्से पुन ब्यान्ड भित्र समेटिएको छ । साथै तल्लो रेखा टेवा लिएर उकालो लागेको संकेत गरेको छ । जस अनुरुप नेप्से उकालो लाग्ने नै सम्भावना प्रकट गर्दछ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पहिलो टेवा रेखा (Support, S1) मा टेवा लिएर माथि फर्केको संकेत गरेको । यस अनुरुप पनि नेप्से उकालो नै लाग्ने सम्भावना प्रकट गर्दछ ।
नेप्सेको ओरालो यात्रा टुङ्गिएको, नटुंगिएको, यसको छिनोफानो भोलिको बजारले गर्नेछ । उकालो लागेमा अव एक दुई दिने नेप्सेले प्राविधिक अबरोध सामना गर्नु पर्ने छैन ।
ओरालो लागेमा नकिकैको प्राविधिक टेवामा टेवा लिन सक्ने झिनो सम्भावना रहेको छ । यसले आजको बढाई मरेको बिरालो उफ्रेको पुष्टि हुनेछ ।
सेयर बजार लोभ र डरको खेल मैदान पनि हो । धेरै लोभ गर्दा खल्तीको पनि पोखिन सक्छ भने धेरै डराउँदा मृगले पनि लखेटन सक्छ ।
ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया