ओरालो यात्रा कहिले सम्म ?

आज पाँचौ दिन पनि नेप्से ओरालो लाग्ने क्रम जारी नै रहयो । ओरालो यात्रा कति दिन रहने हो यकिन भन्ने सकिने अबस्था छैन । तर प्राबिधीकरुपमा ओरालो लाग्दै गर्दा एक चोटी भए पनि बजार माथि उक्लिन्छ पर्ने मान्यता चाहिँ रहेको छ ।

आज नेप्से शुरुवात देखि नै निरन्तर ओरालो मै रहयो । करिब १२ बजेतिर केहि उकालो लाग्ने प्रयास गरे पनि सो सम्भव भएन । अन्तिम समयमा नेप्से आजको न्यूनतम विन्दु २०६६।७८ मा पुगे पश्चात केहि उकालो लागेर २०७०।४१ मा बजार बन्द भयो ।

२१०० माथि उक्लन प्रयास गरेता पनि यसको नजिक पुगेर बजार फर्केको छ । करिब १२ बजे आजको उच्चतम विन्दु २०९९।४४ मा पुगे पश्चात नेप्सेको निरन्तरको ओरालो यात्रा शुरु भयो । अन्तिम समयमा नेप्से आजको न्यूनतम विन्दु २०४०।१८ मा पुगे पश्चात केहि उकालो लागेर २०४६।८१ मा बजार बन्द भयो ।

बिहीबारको तुलनामा १३%ले भोलुम (कारोबार) बढेको छ । करिब एक अर्ब ९४ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई ३०मिनेटमाबिभाजन गर्दा अन्तिमको आधी घण्टा बाहेक अन्य समयमा करिब समान भोलुम आएको छ र नेप्सेलाई क्रमिक ओरालो तानेको छ । अन्तिम ३० मिनेटमा आएको तुलनात्मक उच्च भोलुमले बजारलाई थप ओरालो लाग्नबाट थेगेको छ ।

Figure 1 प्रत्येक ३०मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा माथि फर्कन रोकिएको छ । मध्ये रेखा र तल्लो रेखा तल तिरै फर्केको छ । नेप्से तल्लो रेखा भन्दा बाहिर बसेको छ । बोलिंजर ब्यान्डको मान्यता अनुसार नेप्से पुन ब्यान्ड भित्र समेटिनु पर्छ । यसले नेप्से थप चर्को सँग तल नजाने संकेत गर्दछ । साथै आगामी दिनको कारोबारमा नेप्से नकारात्मक नहुने सम्भावना पनि प्रकट गर्दछ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पहिलो टेवा रेखा (Support, S1) मा पुगेर त्यस भन्दाकेहि माथि बसेको छ ।

 

आम लगानीकर्ताले ख्याल गर्नु पर्ने बिषय भनेको, नेप्से सधै तल जादैन र सधै माथि पनि जाँदैन । सेयर बजार लोभ र डरको खेल मैदान पनि हो । धेरै लोभ गर्दा खल्तीको पनि पोखिन सक्छ भने धेरै डराउदां मृगले पनि लखेटन सक्छ ।

ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com